ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीबारे बिहान ८ः४५ मै जानकारी पाएको थिएँ : प्रधानमन्त्री शाह


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबारे आफूले घटनाकै दिन बिहान ८ः४५ बजे जानकारी पाएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले त्यसबेला आफू संसद्मा उठाइने प्रश्नको जवाफ दिने तयारीमा रहेको बताए।

‘भदौ १० गते बिहान ८ः४५ बजे, जब म यसै सदनमा उभिएर यहाँ उठाइने प्रश्नहरूको जवाफ दिने तयारी गर्दै थिएँ, सूचना आयो– रसुवाको भोटेकोसीमा भीषण बाढी आयो। त्यो खबरसँगै हामी गम्भीर बन्यौँ,’ उनले भने।

बाढीको जानकारी पाएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिबाट आवश्यक ब्रिफिङ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको उनले बताए। घटनाको खबरले आफूलाई प्रभावित क्षेत्रमा रहेका मानिसको सुरक्षाबारे चिन्तित बनाएको पनि उनले उल्लेख गरे।

‘तर मनमा चिसो पस्यो, के हाम्रा मान्छे जोगिन भ्याउनुभयो होला भनेर,’ प्रधानमन्त्री शाहले भने।

उनका अनुसार बिहान ९ बजे सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत भोटेकोसीको तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

त्यसपछि परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै बिहान ९ः१५ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्री शाहले संसद्लाई जानकारी दिए।

बैठकमा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धार कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा निर्णय गरिएको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे

‘परिवार सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि विज्ञ लिएर?’ : आङदेम्बे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu