ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा प्राधिकरणका ४९ कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’देखि डिवाटरिङसम्म


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक उपकरण तथा सामग्री हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने चुनौतीबीच नेपाल विद्युत् प्राधिकरणले बाढी तथा विपद्मा परेका आफ्ना कर्मचारी तथा कामदारको खोज तथा उद्धारलाई तीव्रता दिएको छ।

प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेसम्म विभिन्न जलविद्युत् केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनामा कार्यरत ४९ जना कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन।

सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य चौबिसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको छ।

यीमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका मात्रै ४२ जना कर्मचारी तथा कामदार रहेका छन्। ६० मेगावाट क्षमताको उक्त आयोजना बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ।

प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रका एक सुरक्षागार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी तथा दुई सुरक्षागार्ड, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसनका एक सुरक्षागार्ड र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारी पनि सम्पर्कविहीन छन्।

सुरुङको मुख नै जलस्तरभन्दा तल

बाढीपछि त्रिशूली नदीमा ढुंगा, बालुवा, माटो तथा अन्य पदार्थ थुप्रिएर नदीको जलस्तर अस्वाभाविक रूपमा बढेको प्राधिकरणले जनाएको छ।

यसका कारण पावर हाउसको मुख्य प्रवेशमार्गसहित आसपासको ठूलो क्षेत्र पुरिएको छ। उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौती नै पावर हाउससम्म सुरक्षित रूपमा पुग्ने बाटो खोल्नु बनेको छ।

प्राधिकरणले विभिन्न उपकरण प्रयोग गरी सुरुङमार्फत पावर हाउसतर्फ प्रवेश गर्ने बाटो निर्माण गरिरहेको जनाएको छ।

तर बाटो खोल्ने क्रममा ठूला ढुंगा भेटिएपछि ती ढुंगा ब्लास्टिङ गरेर हटाउने कामसमेत भइरहेको छ।

पानी पम्प गरेर सुरुङ खाली गरिँदै

सुरुङको मुख नै खोलाको जलस्तरभन्दा तल रहेकाले सुरुङभित्र र निर्माण भइरहेको प्रवेशमार्गमा पानी जम्मा भएको छ।

उद्धार टोलीले पानी निकाल्न डिवाटरिङ अर्थात् पम्पिङमार्फत पानी निकासी गर्ने काम पनि सँगसँगै गरिरहेको छ।

सुरुङभित्र प्रवेश गर्ने बाटो खुलाउन ढुंगा र माटो हटाउने, ठूला चट्टान ब्लास्टिङ गर्ने तथा जम्मा भएको पानी बाहिर निकाल्ने काम एकैसाथ अघि बढाउनुपर्ने भएकाले उद्धार प्रक्रिया थप जटिल बनेको छ।

उपकरणसमेत हवाई मार्गबाट पुर्‍याउनुपर्ने अवस्था

प्रभावित क्षेत्रमा सडक तथा पहुँच मार्गमा क्षति पुगेका कारण उद्धारका लागि आवश्यक उपकरण तथा सामग्री स्थलमार्गबाट लैजान कठिन भएको प्राधिकरणले जनाएको छ।

कतिपय आवश्यक सामग्री एयर लिफ्ट गरी प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्था छ।

यसले उद्धार कार्यको गति प्रभावित भए पनि उपलब्ध स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर खोजी तथा उद्धारलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ।

४९ परिवारको प्रतीक्षा

सम्पर्कविहीन ४९ कर्मचारी तथा कामदारको अवस्था अझै यकिन हुन सकेको छैन।

उद्धार टोली सुरुङतर्फ बाटो खोल्न संघर्ष गरिरहेको छ। प्राधिकरण आफ्ना कर्मचारी र कामदारको खोजीमा उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको बताइरहेको छ।

तर प्रभावित परिवारका लागि बितेको प्रत्येक घण्टा प्रतीक्षाको अर्को अध्याय बनेको छ।

उनीहरूलाई अहिले आश्वासनभन्दा आफ्ना आफन्तको वास्तविक अवस्था थाहा पाउने खबर चाहिएको छ।

सम्पर्कविहीनमध्ये कसैको परिवारले जीवितै उद्धार हुने आशा गरिरहेको छ भने कतिपय परिवार सम्भावित अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्।

प्राधिकरणले भने खोज तथा उद्धार कार्य जारी रहेकाले अहिले नै सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्थाबारे निष्कर्ष निकाल्न नसकिने जनाएको छ।

‘सम्पर्कविहीन’ हुनु र ‘मृत्यु भएको पुष्टि हुनु’ फरक अवस्था हो। त्यसैले सम्भव भएसम्म सबै सम्भावना खोज्दै उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने चुनौती उद्धार टोलीसामु छ।

प्राधिकरणले विपद्मा परेका आफ्ना कर्मचारी तथा कामदारको उद्धारका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन अधिकतम परिचालन गरिएको जनाएको छ।

सम्पर्कविहीनहरूको अवस्था र उद्धार कार्यको थप प्रगति प्राप्त भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावितका लागि राहत कोषमा सात अर्बभन्दा बढी जम्मा

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

सम्बन्धित

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान

त्रिशूलीको बीचमा बाढीले घेरेको घर : ६ जनाको ज्यान जोगियो, – ‘पुनर्जन्म भयो’

१० मिनेटको त्यो त्रास : विद्यार्थी निस्किए, आँखैअगाडि त्रिशूलीले विद्यालय बगायो

५५ वर्षमै अवकाशको प्रस्ताव : हजारौँ कर्मचारी प्रभावित हुने, प्रशासनमा पुस्तान्तरण कि ‘भ्याकुम’?

बाढीपीडित भन्छन्- शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए शान्ति मिल्थ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu