ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धारका लागि अमेरिकी सेनाका दुई विमान नेपालमा, लोडरसहित ५ हजार सामग्री ल्याइयो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आवश्यक उपकरणसहित अमेरिकी सेनाका दुईवटा विमान नेपाल आइपुगेका छन् ।

नेपाल सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत अभियानलाई सहयोग पुग्ने गरी साना लोडरसहितका आवश्यक उपकरण र सामग्री लिएर अमेरिकी सेनाका विमान नेपाल आएका हुन् ।

अमेरिकी राजदूतावासका अनुसार भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा प्रयोग गर्न ५ हजारभन्दा बढी विशिष्टीकृत सामग्री ल्याइएको छ । त्यस्तै, ५ सय प्राथमिक उपचार किट र स्ट्रेचरसमेत सामग्रीमा समावेश छन् ।

नेपाल सरकारले सहयोगका लागि अनुरोध गरेपछि ती सामग्री नेपाल ल्याइएको दूतावासले जनाएको छ । यसअघि पनि अमेरिकाले करिब ३६ लाख अमेरिकी डलर बराबरका राहत तथा उद्धार सामग्री नेपाल ल्याइसकेको जनाएको छ ।

अमेरिकी राजदूतावासले नेपाललाई उपलब्ध गराइएको सहयोगले विपद्का बेला अमेरिका–नेपाल साझेदारीलाई थप बलियो बनाउने उल्लेख गरेको छ ।

रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ । पर्याप्त प्रविधि, उपकरण र पहुँचको अभावमा बाढी आएको ८ दिन बितिसक्दा समेत सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन ।

विशेषगरी सुरुङभित्र जमेको पानी, लेदो र संरचनागत जोखिमका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा प्रवेश गर्न कठिन भइरहेको छ ।

अमेरिकी सेनाका विमानबाट ल्याइएका लोडर, उद्धार उपकरण तथा अन्य सामग्रीले प्रभावित क्षेत्रमा लेदो तथा भग्नावशेष हटाउने र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

भोटेकोसी–त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार जारी, अधिकांशमा सुरुङ र भग्नावशेष बाधक

भोटेकोसी बाढी : ९०३ शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu