ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी–त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार जारी, अधिकांशमा सुरुङ र भग्नावशेष बाधक


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार सोमबार पनि जारी रह्यो । तर सुरुङभित्र पानी भरिनु, प्रवेशद्वारमा ढुंगा–माटो थुप्रिनु तथा आयोजनाका संरचना बग्नु वा क्षतिग्रस्त हुनुले अधिकांश आयोजनामा उद्धार टोलीले अपेक्षित सफलता पाउन सकेन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’, रसुवागढी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ मा सोमबार पनि खोज तथा उद्धार जारी थियो ।

माथिल्लो त्रिशूली–३ ‘ए’मा सुरुङको पानी निकालिँदै

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि २४ घण्टा नै काम भइरहेको छ । सोमबार उद्धार टोली सुरुङको पोर्टल सफा गर्ने काममा केन्द्रित थियो ।

सुरुङको ‘क्राउन’ ब्लास्ट गरी भित्रको अवस्था हेर्दा केबल टनेलमा पानी रहेको पाइएको थियो । त्यसपछि वाटर पम्प प्रयोग गरी सुरुङको पानी बाहिर निकाल्ने काम सुरु गरिएको छ ।

सुरुङको मुखमा थुप्रिएको ढुंगा–माटो हटाएर उद्धार टोली भित्र प्रवेश गर्न सक्ने बाटो बनाउने काम पनि भइरहेको छ । विज्ञ तथा प्राविधिक टोली निरन्तर खटिए पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले फसेकाहरूलाई बचाउन सकिने आशासहित उद्धार कार्य जारी राखिएको बताएका छन् । सुरुङभित्र पानी भरिएकाले उद्धार थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

रसुवागढीमा सुरुङको अन्तिम भागसम्म खोजी

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागसम्म मानिस फसेको हुनसक्ने आशंकामा खोजी गरिएको थियो । तर ड्रोनमार्फत गरिएको अवलोकनमा कोही फेला नपरेको कम्पनीले जनाएको छ ।

खोजी कार्यपछि नेपाली सेनाको टोली धुन्चे फर्किएको छ । आयोजनाबाट कम्पनीका ४९ कर्मचारीसहित ९३ जना सम्पर्कविहीन रहेको विवरण छ ।

उद्धार तथा खोजी प्रभावकारी रूपमा हुन नसकेको भन्दै आयोजनासँग सम्बन्धित पक्षमा असन्तुष्टि बढेको छ ।

चिलिमेमा २५० मिटरमध्ये ९० मिटरसम्म मात्रै पहुँच

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा उद्धार तथा पहुँचमार्ग खुलाउने काम सोमबार पुनः सुरु गरिएको छ ।

नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली र आयोजनाका कर्मचारीसहितको टोलीले विद्युत्गृहसम्म पुग्ने मार्ग खुलाउने प्रयास गरेको थियो ।

चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार २५० मिटर लामो सुरुङमा करिब ९० मिटरसम्म पुग्न सकिए पनि त्यसपछि अगाडि बढ्न सकिएको छैन । आवश्यक उपकरण आयोजनास्थलमा पुर्‍याएर मार्ग खुलाउने काम जारी राखिएको उनले बताए ।

लाङटाङ खोलामा पनि टोली पुग्यो

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको नेतृत्वमा उद्धार टोली सोमबार पुगेको थियो । नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोलीले आयोजनास्थलको निरीक्षण गरे पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेन ।

आयोजनाले मंगलबार आफ्नै तर्फबाट समेत उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’मा संरचना नै बग्यो

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा आइतबारदेखि हराइरहेकाहरूको खोजी जारी छ । बाढीले आयोजनाका अधिकांश संरचना बगाएपछि खोज तथा उद्धार थप कठिन बनेको छ ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आयोजनासँगै रहेको २२० केभी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेको छ । सबस्टेसन क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको समेत खोजी भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ का ५७३ अझै सम्पर्कविहीन

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सोमबार थप तीन जनाको उद्धार भएको छ । हालसम्म उद्धार भएका तथा सम्पर्कमा आएका गरी ८७३ जनाको विवरण प्राप्त भएको छ ।

तर परामर्शदाता, ठेकेदार कम्पनी तथा आयोजनाका कर्मचारीसमेत गरी ५७३ जना अझै सम्पर्कविहीन रहेको विवरण छ । त्यसमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने व्यक्ति रहेको बताइएको छ ।

उनीहरू बाढी आउँदा सुरुङभित्रै थिए वा सुरुङ प्रवेश गरेका थिएनन् भन्ने विषय भने अझै यकिन हुन सकेको छैन । बाढी आएको दिन आयोजनामा १ हजार ४०० भन्दा बढी व्यक्ति कार्यरत रहेको अनुमान गरिएको छ ।

भोटेकोसी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक टोली, पर्वतारोही तथा भारतीय उद्धार तथा प्राविधिक टोली परिचालन भएका छन् ।

तर आयोजनाका संरचनामा भएको ठूलो क्षति, सुरुङमा जमेको पानी र थुप्रिएको भग्नावशेषका कारण खोज तथा उद्धार कार्य अझै अत्यन्त जटिल बनेको इप्पानले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

भोटेकोसी बाढी : ९०३ शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

त्रिशूली बाढीमा सुरुङबाट ज्यान जोगाएर निस्किएका कामदारको कहालीलाग्दो कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu