काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
यूकेएम यूएसडी ओभलमा भएको टसमा मलेसियाका कप्तान सैयद अजिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजितगरेको थियो। उक्त जितपछि उच्च मनोबलमा रहेको नेपाली टोली मलेसियाविरुद्ध पनि बलियो प्रदर्शन गर्ने योजनामा छ।
घरेलु मैदानमा खेलिरहेको मलेसिया पनि लगातार दोस्रो जितको लक्ष्यमा छ। मलेसियाले पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।
दुवै टोलीले पहिलो खेलमा जित हात पारेकाले आजको खेल समूह चरणमा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्