ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारको कठिन यात्रा : पाँच दिनमा २० हजार घनमिटर लेदो र भग्नावशेष हटाइयो


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : १५   बजे

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा जम्मा भएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। बाढी तथा पहिरोपछि अवरुद्ध बनेको सुरुङको प्रवेश क्षेत्रमा उद्धार तथा सरसफाइको काम चौबीसै घण्टा सञ्चालन भइरहेको छ।

भदौ १३ गतेदेखि सुरु गरिएको सफाइ अभियानअन्तर्गत पाँच दिनमै करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा तथा अन्य भग्नावशेष हटाइएकोआयोजनाका प्राविधिक इञ्जिनियर श्रीराम न्यौपानेले बताएका छन्।

सफाइका लागि दुईवटा एक्स्काभेटर निरन्तर परिचालन गरिएका छन्। सामान्य ढुंगा तथा भग्नावशेष हटाउन एक्स्काभेटरसँगै ब्रेकर प्रयोग भइरहेको छ भने आकारमा अत्यन्त ठूला बोल्डरलाई नियन्त्रित रूपमा विस्फोट गराएर हटाउने काम भइरहेको छ।

घरजत्रा बोल्डरसँग जुध्दै उद्धार टोली

सुरुङको प्रवेश क्षेत्रमा सामान्य माटो र बालुवा मात्र होइन, घरको आकारसम्मका विशाल बोल्डर, कंक्रिटका स्ल्याब, बीम तथा पिलरसमेत थुप्रिएका छन्। सुरुङको मुखतर्फ रहेका दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइसकिएको इञ्जिनियर न्यौपानेले जानकारी दिएका छन्।

पोर्टलको बाहिरी क्षेत्रमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र ठूला बोल्डरले अवरोध गरेको पाइएको छ। यसले बाढीको पानीसँगै लेदो र भग्नावशेष सुरुङको मुखसम्म आइपुगेको देखाउँछ।

तर, यी अवरोधका आधारमा सुरुङभित्र पनि ठूला ढुंगा प्रवेश गरेको निष्कर्षमा पुग्न भने सकिने अवस्था छैन।

सुरुङभित्र पानीको दबाब छैन

प्रारम्भिक निरीक्षणका क्रममा सुरुङको आँखाले देखिने करिब एक मिटर भागसम्म लेदोले भरिएको पाइएको छ। तर सुरुङभित्र पानी जमेको वा अत्यधिक दबाब सिर्जना भएको अवस्था नरहेको प्रारम्भिक संकेतले उद्धार टोलीलाई केही राहत दिएको छ।

हाल सुरुङबाट करिब प्रति सेकेन्ड दुई लिटर पानी सामान्य रूपमा बाहिर निस्किरहेको बताइएको छ।

यसले सुरुङभित्र ठूलो मात्रामा पानी थुनिएको सम्भावना तत्कालका लागि कम देखिए पनि भित्री संरचनाको वास्तविक अवस्था भने सुरुङभित्र प्रवेश गरेपछि मात्र यकिन हुनेछ।

५० मिटर क्षेत्र सफा, अझै तीन मिटर गहिराइ बाँकी

हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको लगभग ५० मिटर लामो क्षेत्र सफा गरिएको छ।

तर ५.५ मिटर अग्लो सुरुङको बाँकी करिब तीन मिटर गहिरो भागमा अझै एक्सेस तथा ड्रेनेज निर्माण गर्नुपर्नेछ। यो काम पूरा भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने प्रक्रिया अघि बढाइने भएको छ।

अर्थात् सुरुङको मुखमा थुप्रिएको हजारौँ घनमिटर भग्नावशेष हटाउनु मात्रै उद्धारको अन्तिम चरण होइन। वास्तविक चुनौती त्यसपछि सुरु हुनेछ—सुरुङभित्र प्रवेश गरेर यसको अवस्था परीक्षण गर्ने।

१६० मिटर सुरुङ, बीचमा बेन्ड

त्रिशूली–३ ‘ए’को सम्बन्धित केबल डक्ट टनेल करिब १६० मिटर लामो छ। सुरुङको करिब ६० मिटर क्षेत्रमा बेन्ड रहेको र पावरहाउसतर्फ उकालो ग्रेडियन्ट रहेको प्राविधिकहरूले बताएका छन्।

यही संरचनाका कारण सुरुङको सम्पूर्ण भित्री भाग बाहिरबाटै देख्न सम्भव छैन। त्यसैले अहिले सुरुङको प्रवेश क्षेत्रलाई सुरक्षित बनाउने, पानी निकासको व्यवस्था मिलाउने र क्रमशः भित्रतर्फ जाने वातावरण तयार गर्ने काम भइरहेको छ।

प्रारम्भिक भौतिक अवस्थाले सुरुङको भित्री संरचना सामान्य र सुरक्षित हुनसक्ने अनुमान गरिए पनि यो अहिलेसम्मको प्रारम्भिक आकलन मात्र हो।

हेलिकप्टरमै निर्भर उद्धार

उद्धार तथा सरसफाइको काममा अर्को ठूलो चुनौती घटनास्थलसम्मको पहुँच बनेको छ। घटनास्थलसम्म सडक पहुँच नहुँदा आवश्यक मेसिन, उपकरण तथा मर्मत सामग्री हेलिकप्टरमार्फत मात्र पुर्‍याउनुपर्ने अवस्था छ।

ठूला मेसिन चौबीसै घण्टा सञ्चालन गर्दा तिनको मर्मत तथा आवश्यक स्पेयर पार्ट्सको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सडक पहुँचको अभावले सामान्य अवस्थामा केही घण्टामै गर्न सकिने उपकरण व्यवस्थापनसमेत समय लाग्ने प्रक्रियामा परिणत भएको छ।

तर यी कठिनाइका बीच पनि उद्धार तथा सफाइसँग सम्बन्धित काम रोकिएको छैन। उपलब्ध मेसिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै सुरुङको मुख क्रमशः खोलिँदैछ।

अबको मुख्य प्रश्न : सुरुङभित्र के छ?

अहिले सबैभन्दा ठूलो चासो १६० मिटर लामो सुरुङको भित्री अवस्थाबारे छ।

सुरुङको प्रवेशद्वारबाट देखिएको अवस्था, बाहिर निस्किरहेको पानीको मात्रा, लेदोको प्रकृति र बाहिरी भागमा भेटिएका भग्नावशेषका आधारमा सुरुङभित्र ठूलो क्षति नभएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

तर बाढी र पहिरोले सिर्जना गरेको अत्यधिक प्राकृतिक दबाब, लेदोको मात्रा र सुरुङको भौगोलिक संरचनालाई हेर्दा अन्तिम निष्कर्षमा पुग्नुअघि प्राविधिक परीक्षण आवश्यक छ।

त्यसैले अहिलेको प्राथमिकता सुरक्षित पहुँच निर्माण गर्नु, पानी निकास सुनिश्चित गर्नु र त्यसपछि क्रमशः सुरुङभित्रको लेदो हटाउँदै वास्तविक अवस्था पत्ता लगाउनु बनेको छ।

त्रिशूली–३ ‘ए’को सुरुङमा थुप्रिएको लेदो र भग्नावशेष हटाउने अभियान केवल एउटा निर्माणस्थल सफा गर्ने काम मात्र होइन। यसले बाढीपछि क्षतिग्रस्त पूर्वाधारमा उद्धार टोलीले सामना गर्नुपर्ने भौगोलिक कठिनाइ, सीमित पहुँच र प्राविधिक जोखिमको जटिल तस्वीर पनि देखाएको छ।

अहिले सुरुङको मुखमा थुप्रिएको २० हजार घनमिटरभन्दा बढी माटो, ढुंगा र भग्नावशेष हटाइसकिएको छ। तर सुरुङको वास्तविक कथा अझै केही मिटर भित्र छ—जहाँ पुग्नका लागि उद्धार टोलीले अझै सुरक्षित बाटो खोल्नुपर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu