ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावितका लागि ईयूले थप ८ करोड ९० लाख रुपैयाँ सहायता दिने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १२ : ०५   बजे

 

काठमाडौं । नेपालका बाढी प्रभावित समुदायका लागि युरोपेली युनियन (ईयू)ले थप ८ करोड ९० लाख रुपैयाँ बराबरको मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराउने भएको छ। यससँगै बाढीपहिरोबाट प्रभावित नेपालका लागि ईयूको कुल आपत्कालीन आर्थिक सहायता ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ। नयाँ सहायता नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालित इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को विपद् प्रतिकार्य आपत्कालीन कोष (आरईएफ)मार्फत सञ्चालन हुने कार्यक्रमलाई सहयोग गर्न प्रयोग गरिने ईयूले जनाएको छ। नेपालस्थित ईयूको प्रतिनिधिमण्डलका अनुसार अभियानमार्फत वाग्मती प्रदेशका करिब चार हजार घरपरिवारका २० हजारसम्म मानिसलाई आपत्कालीन तथा अस्थायी आवास, नगद सहायता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, संरक्षणलगायतका अत्यावश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ। भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा घर, पूर्वाधार र अत्यावश्यक सेवामा व्यापक असर परेकाले ईयूले थप सहायता घोषणा गरेको हो। यस्तै, कोपेनहेगेनस्थित ईयूको आपत्कालीन मौज्दातबाट ८० टनभन्दा बढी राहत सामग्री बोकेको उडान यसै साताको उत्तरार्धमा नेपाल आइपुग्ने ईयूले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

पाँच दशकपछि सिरियामाथिको अमेरिकी घेरा खुल्यो : आतंकवादको सूचीबाट बाहिरिँदा बदलिँदै पश्चिम एसियाको शक्ति–सन्तुलन

अमेरिकाद्वारा नेपाललाई थप आपत्कालीन राहत सामग्री सहयोग

लाइपजिग–हाले विमानस्थल ड्रोन आक्रमण प्रयासपछि रुसमाथि थप प्रतिबन्ध लगाउने ईयूको चेतावनी

भोटेकोशी बाढीप्रति पाकिस्तानका राजदूतद्वारा दुःख व्यक्त

हर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको सुझाव, इरानसँग तनाव थप चर्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu