काठमाडौं । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धारमा प्रयोग हुने सामग्री उपलब्ध गराएको छ। राष्ट्रिय सभा गृहमा रहेको महानगर आपत्कालीन कार्य सञ्चालन केन्द्रमा मौज्दात रहेका सामग्रीमध्ये बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री स्काउटलाई प्रदान गरिएको हो। विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापाले काठमाडौँ स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडालाई सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा थापाले बाढी प्रभावित क्षेत्रमा सामाजिक व्यवस्थापनमा काठमाडौँ स्काउटले प्रशंसनीय काम गरेको बताए। महानगरले करौँती, हेल्मेट, पिक, साबेल, पञ्जा, भर्याङ, स्ट्रेचर, हम्बर, लङ बुट, डोरीलगायत खोज तथा उद्धारमा आवश्यक सामग्री उपलब्ध गराएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्