काठमाडौं । सरकारले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक (एडीबी)ले प्रदान गरेको ५ मिलियन अमेरिकी डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार (भदौ १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले भोटेकोसी बाढीबाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउनुका साथै कर तथा महसुल छुटलगायत सहुलियत र सुविधा प्रदान गर्ने निर्णयसमेत गरेको मन्त्री पोखरेलले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्