काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक बगाएपछि सरकारले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्ने भएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले कृष्णभीरको सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो। निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयले वैकल्पिक मार्गको व्यवस्थापन तथा स्तरोन्नतिको काम गर्नेछ। कृष्णभीरमा भोटेकोशी बाढीपछि पहिरो खसेर सडक अवरुद्ध भएको हो। त्यसको विकल्पमा गोरखाको त्रिशूली नदी पुल बेनीघाटदेखि त्रिशूली नदी पुल फिस्लिङसम्मको सडक स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्