ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सहकार्य गर्न होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ४ : ४५   बजे

 

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न होटल व्यवसायीलाई आग्रह गरेकी छन्। बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी हुन्। कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यासको आयात तथा ढुवानी प्रभावित भएको भन्दै उनले होटल व्यवसायीलाई आवश्यक ग्यास आफैँ आयात गर्नसमेत आग्रह गरिन्। त्यसका लागि सुरक्षा तथा आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाइ छ। मन्त्री यादवले होटल व्यवसाय र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन्। उनले व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको सिलिन्डरको आकार ठूलो बनाउनुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्। होटल व्यवसाय बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै मन्त्री यादवले देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्ति सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ छ। छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले आयात तथा ढुवानी सहज बनाउन होटल व्यवसायीले समेत आवश्यक सवारीसाधनको व्यवस्था गरी ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने सरकारको निर्णय

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिने

भोटेकोसी बाढीपीडितका लागि एडीबीको ५ मिलियन डलर सहयोग स्वीकार्ने सरकारको निर्णय

समृद्ध पश्चिम भविष्यसँग डराउँदा, विकासशील देशमा आशाको किरण

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४६ करोड नाघ्यो

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu