ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ५ : ०५   बजे

 

काठमाडौं । भोटेकोसी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली नागरिक बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। केरुङ क्षेत्रबाट सडकमार्ग हुँदै तातोपानी पुगेका उनीहरूलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित नेपाली अधिकारीको जिम्मा लगाएको हो। स्वदेश फर्किनेमा सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक रहेका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई आवश्यक विवरणसहित नेपाली अधिकारीको जिम्मा लगाइएको हो। उनीहरूलाई सम्बन्धित घरसम्म पुर्‍याउन तीनवटा बसको व्यवस्था गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनियाँ पक्षले सुरुमा १४७ जनाको विवरण पठाएको थियो। त्यसमध्ये ११४ जना बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन्। उनका अनुसार शुक्रबार थप २०० जना नेपाली स्वदेश फर्किने तयारी छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि चीनतर्फ रहेका नेपाली नागरिक प्रभावित भएका थिए। चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

ग्यास आपूर्ति सहज बनाउन हेटौँडाबाट ट्रकमार्फत सिलिण्डर ढुवानी गरिने

रसुवा भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ स्काउटलाई उद्धार सामग्री

हुम्लाको छुङ्गार लेकबाट कैलाशको दूरदर्शन गर्न सकिने

भोटेकोसी बाढीपछि सरकारसँग अपेक्षित समन्वय नभएको कांग्रेस जनप्रतिनिधिको गुनासो

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu