ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौरा पर्वले सद्भाव, सांस्कृतिक एकता र राष्ट्रिय एकता बलियो बनाउँछ : राष्ट्रपति पौडेल


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ७ : ०१   बजे

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिक सांस्कृतिक पर्वले नेपालको विविधतामा एकता कायम गर्दै सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभएको हो।

उहाँले गौरा पर्वले परिवार र समाजलाई जोड्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्न, मौलिक संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनमा सुख, शान्ति र समृद्धिको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।

पश्चिम नेपालमा विशेष उल्लास

गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ। पर्वका अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा–आराधना गर्दै व्रत बस्ने परम्परा छ।

गौरा पर्वमा गहुँ, धान, केराउ, मास र गहत गरी पाँच प्रकारका अन्नबाट तयार पारिने ‘बिरुँडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। बिरुँडालाई कृषि संस्कृति, मानवीय जीवन र पारिवारिक समृद्धिसँग जोडेर हेर्ने गरिन्छ।

देउडा र धमारीमा बाँडिन्छन् सुख–दुःख

गौरा पर्वको अर्को महत्वपूर्ण पक्ष स्थानीय मौलिक लोकसंस्कृति हो। पर्वका क्रममा महिला तथा पुरुषहरू सामूहिक रूपमा गोलबद्ध भएर देउडा, धमारीलगायतका लोकनृत्य तथा गीत प्रस्तुत गर्छन्।

यस्ता सांस्कृतिक गतिविधिमार्फत स्थानीयवासीले आफ्ना सुख–दुःख साटासाट गर्नुका साथै आपसी सम्बन्ध र भाइचारालाई थप प्रगाढ बनाउने गर्छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वसँग जोडिएका सामाजिक तथा सांस्कृतिक मान्यताले बिछोडिएका जोडीको पुनर्मिलन, आपसी भाइचाराको विकास तथा पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासलाई समेत बलियो बनाएको उल्लेख गर्नुभएको छ।

उहाँले गौरा पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना थप मजबुत बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे सुरुङमै रात बिताउन बाध्य भयो सेनाको उद्धार टोली

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Tunisia’s Top Court Upholds Convictions of Opposition Leaders

Nepal Grapples With Climate-Induced Floods in Bhotekoshi River

Mustang Customs Office Operates on Rent Amid Infrastructure Challenges

Hollywood’s Global Influence Wanes as Local Cultures Rise

From Gaza’s Paper Kites to ‘Unsafe’ Campuses: The Manufactured Fear

चिलिमे सुरुङमै रात बिताउन बाध्य भयो सेनाको उद्धार टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu