बाढी पीडितका लागि मानवीय सहायता सामग्री बोकेका भारतीय वायुसेनाका दुईवटा सी-१३०जे विमान काठमाडौँ आइपुगेका छन्।
दुवै विमानमा गरी २१.५ टन मानवीय सहायता सामग्री ल्याइएको छ।
नेपाल आइपुगेको उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।
भारतले पठाएको यो सहायता छैटौँ खेप हो।
भारतबाट प्राप्त सहायता बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहतमा प्रयोग गरिने सरकारले जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार र राहत अभियान जारी रहेका बेला भारतले मानवीय सहायता उपलब्ध गराएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्