काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।
ऊर्जामन्त्रीको सचिवालयका अनुसार उद्धार गरिएका दुई जनामा सञ्जय साह र कबीर महर्जन रहेका छन्।

साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेको सचिवालयले जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको थियो।
दुई जनाको जीवितै उद्धारसँगै सुरुङभित्र अझै फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीलाई थप तीव्र बनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्