काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कबीर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
उद्धारपछि दुवैजनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
भोटेकोसीको बाढीपछि सुरुङमा फसेका थिए
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएको थियो। बाढीपछि आयोजनाको सुरुङभित्र ४२ जना कर्मचारी तथा कामदार फसेको आयोजनाले जनाएको थियो।
दुईजनाको सकुशल उद्धारसँगै सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे पनि आशा बढेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्