ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : ५५   बजे

पोखरा । पोखरा–१८ गैरीचौतारा घुम्तीस्थित सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ४ः५० बजे बीआर ०५ बीबी ६७५९ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार चारमध्ये दुई जनाको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालका अनुसार मृतकमध्ये भारतको बिहार, पूर्वी चम्पारण जिल्ला, रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादवको परिचय खुलेको छ । अर्का मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन् । दुवैको अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण कास्कीबाट सहायक प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली उद्धारमा खटिएको थियो ।

तालमा डुबेको कारलाई क्रेनको सहायताले बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० दिनपछि चमत्कार : सञ्जयले भने– ‘सुरुङभित्र सबै सकुशल छन्’

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

सम्बन्धित

भोटेकोसी बाढी : ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता

उद्धारका लागि अमेरिकी सेनाका दुई विमान नेपालमा, लोडरसहित ५ हजार सामग्री ल्याइयो

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

भोटेकोसी–त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार जारी, अधिकांशमा सुरुङ र भग्नावशेष बाधक

भोटेकोसी बाढी : ९०३ शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu