काठमाडौं । दुई जनाको सकुशल उद्धार गरिएको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा थप जनशक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली प्रवेश गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश गरेको हो। थप जनशक्तिको उद्धारका लागि टोलीले पावर हाउसको भित्री भागमा खोजी तथा उद्धार अभियान अघि बढाउनेछ।
यसअघि उद्धार टोलीले आयोजनाभित्रबाट अमिर महर्जन र सन्जय साहलाई सकुशल उद्धार गरिसकेको छ।
थप जनशक्ति अझै सम्पर्कविहीन रहेको अवस्थामा उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्