ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा विद्यालयमै शिक्षकको गोली हानी हत्या


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ४५   बजे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालयमै बस्दै आएका एक शिक्षकको गोली हानी हत्या भएको छ।

बिहीबार कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नर कुबिर खम्बु राईको गोली प्रहारबाट मृत्यु भएको हो। सिलिचोङ गाउँपालिका–५ याफु घर भएका राई विद्यालयमै बसेर अध्यापन गर्दै आएका थिए।

प्रहरीका अनुसार खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका बेला राईमाथि गोली प्रहार भएको थियो। अचानक बन्दुक पड्किएको आवाज आएपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नर राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न भएको आशंकामा मकालु गाउँपालिका–१ सिउँडीबारीका ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण भने प्रहरीले खुलाएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

भोटेकोसी बाढीपीडितका नाममा आफ्नै खाताको क्यूआरबाट रकम उठाएको आरोपमा एक पक्राउ

भोटेकोसी बाढी : मृतकको संख्या १,२८२ पुग्यो, ५ हजार ८३ अझै बेपत्ता

सर्वोच्च अदालतमा आगलागी : ‘विद्युत् सर्ट’ कि अवाञ्छित गतिविधि ? छानबिन सुरु

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजपत्र जले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu