ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं । गत भदौ १० गतेको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । तीमध्ये ३५ वटा पुल पूर्ण रूपमा बगेका छन् ।

पुलसँगै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङसँगको सडक सम्पर्क प्रभावित भएको छ । त्रिशूली नदीका वारिपारि बस्ने स्थानीयबीचको आवतजावतसमेत विच्छेद भएको छ ।

बाढी आएको आठ दिनपछि सडक विभागले सडक सम्पर्क पुनःस्थापनाका लागि बगेका पुलका स्थानमा बेलिब्रिज जडान प्रक्रिया अघि बढाएको हो ।

विभागका महानिर्देशक विजय जैसीका अनुसार पहिलो चरणमा नुवाकोटका देवीघाट, त्रिशूली बजार र वेत्रावतीमा बेलिब्रिज जडान गर्ने योजना छ ।

तीमध्ये देवीघाटस्थित तादी खोलामा बेलिब्रिज जडानको प्रक्रिया सुरु भइसकेको छ । बेलिब्रिज जडानको काम नेपाली सेनामार्फत गरिने विभागको पुल महाशाखा प्रमुख ललिजन खनालले बताए ।

“गजुरीबाट उपकरण हिँडिसकेको छ । बिहीबार निर्माण सुरु गर्ने योजना थियो, शुक्रबारबाट सुरु हुन्छ,” खनालले भने ।

उनका अनुसार बेलिब्रिज जडान गर्न अधिकतम एक सातासम्म लाग्न सक्छ ।

विभागसँग सीमित बेलिब्रिज

आकस्मिक अवस्थामा सडक सम्पर्क पुनःस्थापना गर्न प्रयोग हुने बेलिब्रिज विभागसँग सीमित संख्यामा छन् । विभागसँग हाल ११ वटा बेलिब्रिज रहेको र अधिकांशको स्पान करिब ५० मिटर मात्रै रहेको महानिर्देशक जैसीले बताए ।

देवीघाटमा सडक सम्पर्क जोड्न ६० मिटर स्पानको बेलिब्रिज आवश्यक पर्ने भएकाले सेनाको सहयोग लिन लागिएको हो ।

जैसीका अनुसार सामान्यतया बेलिब्रिज ५० देखि ७० मिटर स्पानका हुन्छन् । विशेष अर्डरमा करिब ८० मिटरसम्मका बेलिब्रिज बनाउन सकिए पनि लामो स्पानका बेलिब्रिज सहज रूपमा उपलब्ध नहुने उनले बताए ।

“बेलिब्रिज भनेको इमर्जेन्सीमा हाल्ने हो । धेरै लामो स्पानका बेलिब्रिज संसारमै सहज रूपमा पाइँदैनन्,” जैसीले भने, “सामान्यतया ५०, ६० र ७० मिटरको रेन्जमा बेलिब्रिज बन्ने हो ।”

भारतबाट चार बेलिब्रिज आइपुगे

पछिल्लो समय नेपालले भारतबाट ७० मिटर स्पानका बेलिब्रिज प्राप्त गर्न थालेको विभागले जनाएको छ ।

भारत सरकारले गत वर्ष उपलब्ध गराउने प्रतिबद्धता जनाएको १० वटा बेलिब्रिजमध्ये चारवटा नेपाल आइसकेका छन् । बाँकी ६ वटा पनि आउने क्रममा रहेको जैसीले जानकारी दिए ।

चीन सरकारसँग पनि बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरिएको र त्यसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको विभागले जनाएको छ ।

रसुवा बाढीपछि सरकारले चीनसँग ३० र भारतसँग सातवटा बेलिब्रिज माग गरेको छ ।

२०० मिटरसम्मका पुल बगे

बाढीले न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्मका मोटरेबल पुल बगाएको छ । लामो स्पानका बेलिब्रिज पर्याप्त उपलब्ध नभएकाले सबै स्थानमा बेलिब्रिज राखेर तत्काल सडक सञ्चालन गर्न सम्भव नहुने विभागको भनाइ छ ।

बेलिब्रिज उपलब्ध हुँदैमा पुल बगेको स्थानमा तत्कालै जडान गरेर सडक सञ्चालन गर्न नसकिने महानिर्देशक जैसीले बताए । त्यसअघि फाउन्डेसन तथा सब–स्ट्रक्चर निर्माण गर्नुपर्ने हुन्छ ।

“बेलिब्रिज हुँदैमा उत्तिखेरै लगेर राख्न सकिने कुरा होइन । त्यसलाई राख्न फाउन्डेसन चाहिन्छ,” जैसीले भने, “ग्याबिन वा अन्य संरचना बनाएर त्यसलाई बलियो बनाउनुपर्छ । त्यत्रो गाडी गुड्दा संरचना दबिन भएन ।”

त्यसका लागि क्षतिग्रस्त पुलको अवस्था अध्ययन गरी आवश्यक स्थानमा बेलिब्रिज जडान गर्न विभागका प्राविधिक टोली फिल्डमै खटिएका छन् ।

वेत्रावतीमा उपकरण पुर्‍याउनै चुनौती

वेत्रावतीमा बेलिब्रिज जडान गर्न भने थप समय लाग्ने विभागले जनाएको छ । सडक सम्पर्क नै पूर्ण रूपमा विच्छेद भएकाले आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन समस्या रहेको छ ।

“वेत्रावतीसम्म गाडी पुग्न सकेको छैन । डेढ–दुई सय मिटर ग्याबिन म्याट राखेर इक्विपमेन्ट पुर्‍याउनुपर्नेछ । त्यसैले यसको समय दिन सकिएन,” प्रमुख खनालले भने, “सम्भव भएसँगै छिट्टै बेलिब्रिज जडान गर्ने लक्ष्य छ ।”

त्रिशूली क्षेत्रमा भने बेलिब्रिज जडान गर्न सम्भव नहुने विभागले जनाएको छ । त्यहाँ नदीको चौडाइ ठूलो भएकाले विभागसँग उपलब्ध बेलिब्रिजले धान्न सक्ने अवस्था छैन ।

“त्रिशूलीमा १२० मिटरसम्म पानी बगेको छ । हामीसँग त्यति लामो बेलिब्रिज छैन । झोलुङ्गे पुल हाल्ने सल्लाह भइरहेको छ,” खनालले भने ।

यसले रसुवा बाढीपछि क्षतिग्रस्त सडक र पुलको पुनःस्थापना तत्कालका लागि ठूलो चुनौती बनेको देखाएको छ । विभागले उपलब्ध बेलिब्रिज, वैकल्पिक संरचना र प्राविधिक जनशक्तिको प्रयोग गर्दै प्रभावित क्षेत्रको सडक सम्पर्क क्रमशः पुनःस्थापना गर्ने तयारी अघि बढाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूलीले बगाएको बस्तीमा फर्किने आशा : ‘हामी फेरि उठ्नेछौँ, हामी फेरि बनाउनेछौँ’

कृष्णभीरमा सडकको ट्रयाक खोल्न थालियो

सम्बन्धित

नुवाकोटको पटाबारीमा पहिरो, काठमाडौं–नुवाकोट सडक अवरुद्ध

‘अब जीवन यति नै रहेछ’ लागेको थियो, भित्ताले फोडेपछि बाढीको भुमरीमा हुत्तिएँ

भोटेकोशी बाढीमा बेपत्ता आफन्त खोज्न गएकाहरू निराश हुँदै घर फर्किए

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

ग्यास आपूर्ति सहज बनाउन हेटौँडाबाट ट्रकमार्फत सिलिण्डर ढुवानी गरिने

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu