नुवाकोट । काठमाडौं–नुवाकोट सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
पहिरो खसेसँगै काठमाडौं हुँदै नुवाकोट तथा रसुवातर्फ जाने–आउने सवारीसाधनको आवागमन ठप्प भएको छ। सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
नुवाकोट र रसुवाका बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री बोकेर गएका सवारीसाधनसमेत पहिरोका कारण बीच बाटोमै रोकिएका छन्।
अहिले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो ठूलो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्नेसुरक्षाकर्मी तथा पहिरो पन्छाउने कार्यमा खटिएका कामदारले बताएका छन्।
सडक खुलाउन पहिरो हटाउने कामलाई तीव्रता दिइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्