रसुवा बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँको राहत हस्तान्तरण गरेपछि ओली नुवाकोटमा
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोट पुगेका छन् । ओली शुक्रबार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका हुन् ।
नुवाकोट पुग्नुअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले पार्टीका तर्फबाट बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ बराबरको राहत हस्तान्तरण गरिरहेको छ ।
ओलीले नुवाकोटमा बाढीबाट भएको क्षति तथा प्रभावितको अवस्थाबारे स्थलगत जानकारी लिनेछन् ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्