ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ४ : ३५   बजे

 

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा पहिरो खस्दा चमेलिया नदी आधा थुनिएको छ ।

शुक्रबार गएको पहिरोले चमेलिया नदीको बहाव आधा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ । पहिरो जाने क्रम अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् ।

पहिरो निरन्तर खसिरहेकाले नदी पूरै थुनिन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । त्यसबाट तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अपिहिमाल–१ भट्टारस्थित चौलानी (चमेलिया) नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रशासनको सूचनामा भनिएको छ, “पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू, सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।”

प्रशासनले नदीको अवस्था तथा पहिरोको जोखिमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Philippine Peso Hits Record Low Amid Global Turmoil and Domestic Economic Strains

Argentina’s Milei Threatens Sanctions Over Falklands Oil Drilling

Houthi Attacks on Yemen’s Taiz Escalate, Triggering New Displacement Wave

ICC Leaders Warn of Erosion of International Legal Order Amid US Sanctions

Meloni Leads Italy’s Longest-Serving Government Since WWII, Marking Historic Milestone

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu