ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को समाचारमा विभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको निर्देशन


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : ३५   बजे

 

काठमाडौं । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री तथा सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई निर्देशन दिएको छ।

काउन्सिलले शुक्रबार ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचना सम्प्रेषणलाई प्राथमिकता दिन आग्रह गरेको हो।

निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रप्रकाशन तथा प्रसारण गर्नुपर्नेछ।

शव र पीडितका संवेदनशील दृश्यमा रोक

काउन्सिलले क्षतविक्षत शव, शरीरका अङ्ग स्पष्ट देखिने दृश्य, अत्यधिक रक्ताम्मे वा विभत्स तस्बिर, मृतकको अनुहार तथा गम्भीर घाइतेको पीडादायी क्लोजअप सामान्यतः प्रकाशन वा प्रसारण नगर्न भनेको छ।

त्यस्तै, शोकमा रहेका परिवार तथा बालबालिकाका अत्यन्त निजी दृश्यसमेत प्रयोग नगर्न निर्देश गरिएको छ।

असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नैपर्ने भए अनुहार वा पहिचान ढाक्ने, दृश्य सीमित गर्ने, आवश्यक पूर्वसूचना दिने तथा सम्भव भएसम्म कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

वेबसाइट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्सलगायत डिजिटल प्लेटफर्मका थम्बनेल, कभर तथा अटोप्ले प्रिभ्युमा समेत विभत्स दृश्य नराख्न काउन्सिलले भनेको छ।

पीडितलाई ‘समाचारको विषय’ मात्र नबनाउन आग्रह

निर्देशिकाले विपद्का पीडितलाई समाचारको विषय मात्र नभई सम्मान र अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।

अन्तर्वार्ता गर्दा परिचय र उद्देश्य खुलाउन, सम्भव भएसम्म सचेत सहमति लिन, बोल्न नचाहने व्यक्तिलाई दबाब नदिन तथा मानसिक रूपमा विचलित व्यक्तिलाई बारम्बार प्रश्न नगर्न भनिएको छ।

बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै रोइरहेका वा त्रसित बालबालिकाको अनावश्यक क्लोजअप, मृत वा घाइते आफन्तसँगका निजी दृश्य तथा सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न पनि काउन्सिलले आग्रह गरेको छ।

सामाजिक सञ्जालको सामग्री पाँच पक्षबाट जाँच्नुपर्ने

सामाजिक सञ्जालबाट प्राप्त विपद्सम्बन्धी सामग्री पुनःप्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्षबाट पुष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

पुरानो विपद्को भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ता संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनिएको छ।

एआईबाट सिर्जित सांकेतिक दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनास्थलको दृश्यजस्तो देखिने गरी प्रस्तुत गर्न नहुने र ‘एआईद्वारा सिर्जित सांकेतिक दृश्य’ भनेर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

मृत्यु र विनाशसँगै जीवनोपयोगी सूचना प्राथमिकतामा

काउन्सिलले विपद्का समाचारलाई मृत्यु र विनाशमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र, आपत्कालीन सम्पर्क, उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी उपयोगी सूचनालाई समेत प्राथमिकता दिन आग्रह गरेको छ।

समाचार सङ्कलनका क्रममा उद्धार तथा एम्बुलेन्स आवागमन, उपचार, सुरक्षाकर्मीको काम वा राहत वितरणमा अवरोध नपुर्‍याउन र पत्रकारले अनावश्यक जोखिम नलिनसमेत निर्देश गरिएको छ।

गल्ती भए तत्काल सच्याउनुपर्ने

गलत सूचना प्रकाशित भएको थाहा हुनासाथ तत्काल सच्याउन, के गलत भएको थियो र सही तथ्य के हो भन्ने स्पष्ट पार्न तथा आवश्यक परे क्षमायाचना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

लगातार विभत्स तथा पीडादायी सामग्रीमा काम गर्ने पत्रकार, फोटो पत्रकार, भिडियो सम्पादक तथा सामाजिक सञ्जाल अनुगमनकर्ताको मानसिक स्वास्थ्यमा समेत सञ्चारमाध्यमले ध्यान दिनुपर्ने काउन्सिलले जनाएको छ।

संवेदनशील सामग्री प्रकाशनअघि तथ्यपुष्टि, सुरक्षा, गोपनीयता, बालबालिकाको हित, दृश्यको आवश्यकता र सार्वजनिक हितलगायत विषय समेटिएको ‘१० प्रश्न’ परीक्षण गर्न सम्पादकलाई सुझाव दिइएको छ।

निर्देशिकाविपरीत सामग्री प्रकाशन वा प्रसारण भएको पाइए पत्रकार आचारसंहिता, कार्यविधि तथा प्रचलित कानूनबमोजिम ध्यानाकर्षण, निर्देशन वा अन्य प्रक्रिया अघि बढाउन सकिने काउन्सिलले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

‘बाढी आयो रे’ सुनेर स्कुलतिर दौडिए, फर्किएनन् ८ जना

चीनको सिजाङबाट नेपाललाई दुईवटा बेलिब्रिजका सामग्री हस्तान्तरण

भोटेकोसी बाढी : सुरक्षाकर्मीका परिवारलाई लाखौँ राहत, सन्तानको निःशुल्क शिक्षादेखि ऋण मिनाहासम्म

आकाशमा उड्ने आशा : भोटेकोसीको उद्धारमा क्याप्टेन प्रिया

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

जलवायु न्यायको माग जायज, तर कूटनीतिमा परिपक्वता अपरिहार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu