काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ५२२ पुरुष, ३२१ महिला र ४८२ जनाको आंशिक अंग फेला परेको छ।
प्रहरीका अनुसार पहिचान हुन नसकेका १ हजार ३० शव जमिनमुनि सुरक्षित रूपमा गाडिएको छ। बाढीमा परी स्वदेशी तथा विदेशी गरी ८ हजार ८९८ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
मृतकको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २६० मृतकको डीएनए नमुना संकलन गरिएको छ भने मृतकका आफन्ततर्फबाट ८४६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। बाढीपछि फेला परेका शव तथा मानव अंगको पहिचानका लागि डीएनए नमुना संकलन भइरहेको विवरण सार्वजनिक भएका छन्।
बाढी प्रभावित नदी किनार तथा विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन्। पहिचान खुल्न नसकेका शवलाई भविष्यमा डीएनए परीक्षणमार्फत सनाखत गर्न सकिने गरी सुरक्षित व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्