काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो ।
‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । सिनेमा उद्योगमा ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ ।
यो चलचित्रले हालसम्म पौने २६ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्