ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपर सेती हाइड्रोको बाटो खन्ने क्रममा पहिरो, दुई कामदारको मृत्यु


ABC NEWS
२० भदौ २०८३, शनिबार   २ : १५   बजे

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको सडक खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्युभएको छ।

शनिबार बिहान करिब ११ बजेतिर खसेको पहिरोमा परी हाइड्रोपावरमा कार्यरत तीन जना कामदार घाइते भएका थिए। स्थानीयले उद्धार गरी उनीहरूलाई उपचारका लागि पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए।

उपचारका क्रममा चिकित्सकले धनकुटाको पाख्रिबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईलाई दिउँसो करिब सवा १ बजे मृत घोषणा गरेका हुन्।

पहिरोमा परी घाइते इलामका ३२ वर्षीय भक्तबहादुर मगरको भने उपचार भइरहेको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हाइड्रोपावरको बाटो निर्माणका क्रममा माथिबाट पहिरो खसेर कामदारलाई च्यापेको थियो। स्थानीयको सहयोगमा उद्धार गरी घाइतेहरूलाई अस्पताल पठाइएकोमा दुई जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको उनले जानकारी दिए।

घटनास्थल सार्दीखोलाबाट करिब १२ किलोमिटर पूर्वतर्फ पर्छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

दोस्रो पोखरीमा भेटिएका चिनियाँको नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीले डुंगाबाट बाहिर निकाले

बेत्रावतीमा घरभित्रबाट कराएको आवाज सुनेपछि उद्धार टोली पुगेको थियो:११ दिनपछि महिलाको जीवित उद्धार

भोटेकोसी बाढीको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शंकर पोखरेल

चीनबाट भोटेकोशी बाढी प्रभावित नेपाललाई दुई बेलीब्रिज बराबरको सहायता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu