ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शंकर पोखरेल


ABC NEWS
२० भदौ २०८३, शनिबार   ३ : ०५   बजे

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोसी बाढीजस्ता विपद्बाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति जलवायु परिवर्तनमा बढी योगदान गर्ने विकसित राष्ट्रबाट पाउनुपर्ने बताएका छन्।

एमाले विशेष संगठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रबाट हुने उच्च कार्बन उत्सर्जनका कारण नेपालजस्ता विकासशील तथा हिमाली मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए।

उनले विकसित देशहरूले ठूला उद्योग तथा आणविक भट्टीबाट ठूलो मात्रामा कार्बन उत्सर्जन गर्दा वातावरणमा परिवर्तन आएको र त्यसको प्रत्यक्ष असर विकासशील मुलुकमा परेको बताए।

“विकसित देशहरूले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकासशील देशहरूमा परेको छ,” पोखरेलले भने, “त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान व्यहोर्नुपरेको छ।”

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको उनको भनाइ थियो। त्यसैले जलवायु न्यायको सिद्धान्तअनुसार प्रभावित मुलुकले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए।

पोखरेलले भोटेकोसी बाढीपछि एमालेका नेता तथा विभिन्न जनसंगठनका कार्यकर्ता प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत वितरणमा सक्रिय रहेको पनि बताए।

उनका अनुसार पार्टीका नेता तथा जनसंगठनहरू बाढी आएको समयदेखि नै प्रभावित क्षेत्रमा परिचालित भएर उद्धार, राहत तथा सहयोगका काममा खटिएका छन्।

भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको सन्दर्भमा महासचिव पोखरेलले विपद्को तत्कालीन व्यवस्थापनसँगै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेकोमा पनि जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

पुस्तान्तरणको बहस : पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच सन्तुलन !

२१.५ टन राहत बोकेर काठमाडौँ आइपुगे भारतीय वायुसेनाका दुई विमान

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित होइन’ : रास्वपा सचेतक धिताल

सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन कांग्रेसको आग्रह

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu