ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी


ABC NEWS
२० भदौ २०८३, शनिबार   ३ : ३५   बजे

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभीरमा सडक सञ्चालनका लागि थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ।

शुक्रबारदेखि निर्माण व्यवसायी, नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको प्रत्यक्ष निगरानीमा सडक खोल्ने काम भइरहेको हो।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १ सय ५० मिटर क्षेत्रमा स्काभेटर सञ्चालनका लागि ट्रयाक खोलिसकिएको छ। मलेखुतर्फ करिब १ सय मिटर ट्रयाक खुलिसकेको र बाँकी ५० मिटर पनि शनिबार नै खोल्ने तयारी छ।

कामलाई तीव्रता दिन रातिको समयमा समेत प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारी परिचालन गरिएको खड्काले बताए। उनले शनिबार साँझसम्म नागढुंगा–मुग्लिङ सडकखण्ड सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

गत भदौ १० गतेदेखि आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायत विभिन्न स्थानमा सडक कटान गरी बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन प्रभावित भएका छन्। साथै, खाद्यान्नलगायत अत्यावश्यक सामग्री काठमाडौं भित्र्याउनसमेत समस्या भइरहेको छ।

सडक सञ्चालनमा आएपछि पश्चिम क्षेत्रबाट काठमाडौं आउने–जाने यातायात तथा अत्यावश्यक सामग्रीको आपूर्ति केही सहज हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि बेपत्ता नरेशको कुशको शव बनाएर अन्त्येष्टि

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

दोस्रो पोखरीमा भेटिएका चिनियाँको नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीले डुंगाबाट बाहिर निकाले

बेत्रावतीमा घरभित्रबाट कराएको आवाज सुनेपछि उद्धार टोली पुगेको थियो:११ दिनपछि महिलाको जीवित उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu