काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पुरिएको चारतले घरबाट ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी ६० वर्षीया श्रीमती चण्डिका श्रेष्ठको शनिबार दिउँसो जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीले पुरिएको घरमा खोजी गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले भित्रबाट महिलाले कराएको आवाज सुनेको थियो। आवाज आएपछि टोलीले तत्काल उद्धार अभियान अघि बढाएको थियो।
उद्धार टोलीले घरभित्रबाट चण्डिका श्रेष्ठलाई जीवित अवस्थामा बाहिर निकालेको हो।
उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण उक्त चारतले घर पुरिएको थियो। बाढी आएको ११औँ दिनमा श्रेष्ठको जीवित उद्धार भएको हो।
यसअघि पनि भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङबाट ११ दिनसम्म फसेका व्यक्तिको जीवित उद्धार भएको थियो। लगातार भइरहेको खोजीका क्रममा घरभित्रबाट समेत जीवित व्यक्ति भेटिएपछि बाढीले पुरिएका तथा क्षतिग्रस्त अन्य संरचनामा पनि मानिस फसेका हुनसक्ने सम्भावना देखिएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरुङ, घर तथा अन्य संरचनामा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्