ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो पोखरीमा भेटिएका चिनियाँको नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीले डुंगाबाट बाहिर निकाले


ABC NEWS
२० भदौ २०८३, शनिबार   ३ : ०५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीसहितको प्राविधिक टोलीले शनिबार उनलाई सुरुङबाट जीवितै उद्धार गरेको हो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि ती चिनियाँ नागरिक सुरुङभित्र फसेका थिए। उद्धारमा सहभागी एक अधिकारीका अनुसार सुरुङभित्र अत्यधिक पानी जमेकाले डुंगाको प्रयोग गरी उद्धार टोली भित्र प्रवेश गरेको थियो।

सुरुङभित्र बनेको दोस्रो पोखरीमा ती चिनियाँ नागरिकलाई जीवित अवस्थामा फेला पारिएको थियो।

उद्धारमा सहभागी अधिकारीले सुरुङभित्र धेरै पानी जमेकाले डुंगाबाट टोली प्रवेश गरेको जानकारी दिए। उनका अनुसार दोस्रो पोखरीबाट ती नागरिकलाई उद्धार गरिएपछि टोली अहिले तेस्रो पोखरीतर्फ अघि बढिरहेको छ।

प्राविधिकहरूका अनुसार सुरुङभित्र स्काभेटरसहितको गेग्रान थुप्रिएपछि विभिन्न स्थानमा पानी जमेर पोखरी बनेका छन्। यही कारण सुरुङभित्र उद्धार टोलीलाई अघि बढ्न कठिन भइरहेको छ।

जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ।

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धार जारी छ। यसअघि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट शुक्रबार दुई नेपाली नागरिकको १०औँ दिनमा जीवितै उद्धार गरिएको थियो।

अपर त्रिशूली–१ बाट चिनियाँ नागरिकको उद्धारसँगै भोटेकोशी बाढीपछि सुरुङबाट जीवित उद्धार हुनेको संख्या थपिएको छ। लगातार ११ दिनसम्म जारी उद्धार अभियानमा भएको यो सफल उद्धारले सुरुङभित्र अझै फसेका हुनसक्ने व्यक्तिको खोजीमा आशा थपेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि बेपत्ता नरेशको कुशको शव बनाएर अन्त्येष्टि

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

बेत्रावतीमा घरभित्रबाट कराएको आवाज सुनेपछि उद्धार टोली पुगेको थियो:११ दिनपछि महिलाको जीवित उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu