ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी विपद्मा चीनको बहुआयामिक सहयोग, राहतदेखि पुनर्निर्माणसम्म


ABC NEWS
२० भदौ २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल उद्धार, राहत तथा पुनर्स्थापनाको चुनौतीसँग जुधिरहेका बेला उत्तरी छिमेकी चीनले विभिन्न तहबाट सहयोग विस्तार गरेको छ।

चीनबाट प्राप्त सहयोग सरकार–सरकारबीचको औपचारिक संयन्त्रमा मात्र सीमित नभई सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा राजनीतिक दलबीचको सहकार्यसम्म विस्तार भएको देखिएको छ।

बाढीपछि चीनले नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्दै आपत्कालीन राहत तथा उद्धारमा सहयोग गरेको छ। चीनबाट ५० टन राहत सामग्री र २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध भएको छ भने उद्धार तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

राहतसँगै प्राविधिक सहयोग

बाढी तथा पहिरोका कारण सडक, पुललगायत पूर्वाधारमा क्षति पुगेपछि चिनियाँ पक्षबाट प्राविधिक सहयोग र उद्धारसम्बन्धी समन्वयलाई पनि प्राथमिकता दिइएको छ।

बाढीको जोखिम मूल्याङ्कन तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित हाइड्रोलोजिकल र स्याटेलाइट डेटा आदानप्रदानलाई पनि सहयोगको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

यसले चीनको सहयोग तत्काल राहत वितरणमा मात्र सीमित नभई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, प्राविधिक क्षमता अभिवृद्धि तथा पुनर्निर्माणसम्म विस्तार गर्ने दिशामा रहेको संकेत गरेको छ।

चिनियाँ रेडक्रसबाट पनि सहयोग

चीनको सहयोगको अर्को महत्वपूर्ण पाटो गैरसरकारी संस्थाबीचको सहकार्य हो। चिनियाँ रेडक्रस लगायतका संस्थाले नेपाली समकक्षी संस्थामार्फत राहत तथा मानवीय सहायता अघि बढाएका छन्।

भोटेकोशी बाढीपछि चिनियाँ रेडक्रसले करिब २ लाख अमेरिकी डलर बराबरको सहयोग नेपाली रेडक्रसमार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने पहल गरेको छ।

सरकारी संयन्त्रबाहिर रहेका यस्ता संस्थागत सम्बन्धले विपद्का बेला राहतलाई प्रभावित समुदायसम्म तुलनात्मक रूपमा छिटो पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यसले नेपाल–चीन सम्बन्धलाई सरकारी तहमा मात्र नभई नागरिक संस्था र जनस्तरसम्म विस्तार गर्ने आधारसमेत तयार गर्छ।

राजनीतिक तहको सम्बन्ध पनि सक्रिय

चीनले नेपालका विभिन्न राजनीतिक दलसँग पनि नियमित सम्पर्क, संवाद, भ्रमण, प्रशिक्षण तथा अनुभव आदानप्रदान गर्दै आएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपाली राजनीतिक दलहरूसँग कायम राख्दै आएको सम्बन्धलाई पार्टी–पार्टी सम्पर्कसँगै जनता–जनताबीचको सम्बन्ध र कूटनीतिको एउटा माध्यमका रूपमा पनि हेरिएको छ।

बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको नेपालमा चीनले विभिन्न राजनीतिक शक्तिसँग सम्पर्क विस्तार गर्नु उसको नेपाल नीतिको महत्वपूर्ण विशेषताका रूपमा देखिन्छ।

यसपटकको विपद्मा सरकारी, गैरसरकारी र राजनीतिक तहबाट एकैसाथ सहयोग अघि बढ्नुले चीनले नेपालसँगको सहकार्यलाई बहुआयामिक बनाउँदै लगेको संकेत गरेको छ।

विपद्मा सहयोगको निरन्तरता

नेपालमा यसअघि भूकम्प, कोभिड–१९ महामारी तथा मेलम्ची बाढीजस्ता विपद्का समयमा पनि चीनले विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ। भोटेकोशी बाढीपछि प्राप्त सहयोगलाई त्यसैको निरन्तरताका रूपमा लिन सकिन्छ।

नेपाल र चीन दुवै प्राकृतिक विपद्को जोखिममा रहेका मुलुक हुन्। यस्तो अवस्थामा विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली, उद्धार क्षमता र पुनर्निर्माणमा सहकार्यले दीर्घकालीन महत्व राख्ने देखिन्छ।

भोटेकोशी बाढीपछि चीनबाट आएको सहयोगले नेपाल–चीन सम्बन्ध व्यापार, सीमा तथा पूर्वाधार विकासका विषयमा मात्र सीमित नभई विपद् व्यवस्थापन र मानवीय सहयोग पनि द्विपक्षीय सम्बन्धको महत्वपूर्ण हिस्सा बन्दै गएको सन्देश दिएको छ।

यस अर्थमा भोटेकोशी बाढीपछि चीनको सहयोगलाई तत्कालीन मानवीय सहायता मात्र नभई नेपाल–चीन सम्बन्धमा विकसित भइरहेको बहुस्तरीय सहकार्यको अर्को अध्यायका रूपमा लिन सकिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

सम्बन्धित

यूएन महासभामा प्रधानमन्त्री बालेनले असोज ८ गते सम्बोधन गर्ने

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

रसुवाका बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री काठमाडौं आइपुग्यो

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

रसुवा बाढी : चीनबाट तेस्रो खेप राहत सामग्री नेपाल आइपुग्यो (फोटो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu