ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाका बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री काठमाडौं आइपुग्यो


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १२ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले २७ टन राहत सामग्री नेपाल ल्याएको छ।

सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

बाढीको लेदो, ढुंगा र तीव्र बहावका कारण रसुवाका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरेको थियो। संस्थाले प्रभावित क्षेत्रको अवस्था मूल्यांकनसँगै राहत वितरणको काम पनि अघि बढाएको जनाएको छ।

पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ वटा पाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग रहेका छन्।

करिब २७ टन तौलका यी राहत सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी ती सामग्री रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइने तयारी गरिएको छ।

यसअघि पनि सीएफआरडीले नुवाकोटका प्रभावित क्षेत्रमा १४ वटा पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका लागि जीवनयापन सामग्री तथा ५ हजार सौर्य बत्ती उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकेको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायत दैनिक उपभोग्य सामग्री समावेश छन्।

सीएफआरडीले प्रभावित समुदायको आवश्यकता र अवस्थाको निरन्तर मूल्यांकन गर्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुई लगायतका चिनियाँ उद्यम तथा सहयोगी संस्थाले योगदान गरेका छन्।

नेपालमा सीएफआरडीको मानवीय सहकार्य भने पहिलोपटक भएको होइन। २०७२ सालको विनाशकारी भूकम्पपछि आपतकालीन उद्धार र पुनर्निर्माणबाट सुरु भएको संस्थाको नेपाल संलग्नता पछिल्लो समय समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म विस्तार भएको छ।

संस्थाका अनुसार कोभिड–१९ महामारीका साथै जाजरकोट, सिन्धुपाल्चोक र गोरखालगायतका विपद्का समयमा पनि सीएफआरडीले नेपालमा मानवीय सहायता उपलब्ध गराएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

सम्बन्धित

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

रसुवा बाढी : चीनबाट तेस्रो खेप राहत सामग्री नेपाल आइपुग्यो (फोटो)

भोटेकोसी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

इजरायली राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेटवार्ता, कृषि र प्रविधिमा सहकार्य विस्तारको प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu