ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएन महासभामा प्रधानमन्त्री बालेनले असोज ८ गते सम्बोधन गर्ने


ABC NEWS
२० भदौ २०८३, शनिबार   २ : १५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्।

नेपाल सरकारको प्रस्तावपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको संशोधित सूची सार्वजनिक गर्दै प्रधानमन्त्री शाहका लागि २४ सेप्टेम्बरको समय तोकेको हो। न्यूयोर्कस्थित नेपाली स्थायी नियोगबाट प्राप्त जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेपछि सोहीअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।

संयुक्त राष्ट्रसंघको संशोधित कार्यतालिकाअनुसार २४ सेप्टेम्बर दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। उक्त सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ १७औँ वक्ताका रूपमा रहेका छन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा हालसम्म ११८ देशका नेताले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। अधिकांश वक्ता राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री छन्।

भोटेकोसी विपद्को विषय उठाउने तयारी

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणका रूपमा तय भएको अमेरिका भ्रमणमा भोटेकोसी विपद् र जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका संकटलाई प्रमुख विषय बनाउने तयारी गरिएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय र क्षतिपूर्तिको विषय उठाउने तयारी गरेका छन्।

विपद्अघि महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। मन्त्रिपरिषद्ले पनि यसअघि महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर भोटेकोसी विपद्पछि प्रधानमन्त्री शाह स्वयं महासभामा जाने निर्णय भएको हो।

भ्रमण छोटो बनाउने तयारी

देश विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको चरणमा रहेकाले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण सकेसम्म छोटो बनाउने तयारी भइरहेको छ।

प्रधानमन्त्रीले महासभामा सम्बोधन गरेपछि स्वदेश फर्किने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्। त्यसैले न्यूयोर्कमा हुने ‘साइडलाइन’ भेटवार्ताको टुंगो अहिलेसम्म लागिसकेको छैन।

प्रधानमन्त्रीको समयअनुसार आवश्यक भेटवार्ता तय गरिने र अन्य द्विपक्षीय भेटवार्ताको जिम्मेवारी परराष्ट्रमन्त्री खनालले सम्हाल्ने तयारी रहेको बताइएको छ।

प्रधानमन्त्री बनेको पाँच महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। प्रधानमन्त्री भएपछि उनले अहिलेसम्म कुनै मुलुकका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्।

भारत र चीनसँग भेटको सम्भावना कमजोर

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले सम्भव भएसम्म अमेरिका, चीन र भारतका नेतृत्वसँग भेटवार्ता गर्ने प्राथमिकता राख्न सक्ने देखिए पनि तत्कालका लागि छिमेकी मुलुकका सरकारप्रमुखसँग भेट हुने सम्भावना कम देखिएको छ।

संयुक्त राष्ट्रसंघको हालको कार्यतालिकामा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सट्टा विदेशमन्त्रीले सम्बोधन गर्ने उल्लेख छ। त्यसैगरी चीनका राष्ट्रपति सी चिनफिङको सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमण तय भए पनि उनी महासभामा सहभागी हुने कार्यक्रम छैन।

त्यसकारण न्यूयोर्कमै भारत र चीनका सरकारप्रमुखसँग प्रधानमन्त्री शाहको ‘साइडलाइन’ भेटवार्ता हुने सम्भावना न्यून रहेको परराष्ट्रका अधिकारीहरूको भनाइ छ।

यस्तो हुनेछ भ्रमण टोली

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

परराष्ट्रतर्फबाट सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र शिष्टाचार महापाल कुमारराज खरेल प्रतिनिधिमण्डलमा रहनेछन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

भोटेकोशी विपद्मा चीनको बहुआयामिक सहयोग, राहतदेखि पुनर्निर्माणसम्म

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

रसुवाका बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री काठमाडौं आइपुग्यो

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

रसुवा बाढी : चीनबाट तेस्रो खेप राहत सामग्री नेपाल आइपुग्यो (फोटो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu