ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याक्सस नेपालद्वारा बाढीपहिरो प्रभावितलाई ८० लाखको सहयोग


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ३५   बजे

पोखरा । म्याक्सस नेपालले हालैको बाढीपहिरोबाट प्रभावित समुदायका लागि ८० लाख रुपैयाँ बराबरको आर्थिक तथा राहत सहयोग गरेको छ। एसएआईसी म्याक्सस चीनको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा कम्पनीले राहत उपलब्ध गराएको हो।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेको छ। बाँकी ३० लाख रुपैयाँ बराबरको सहयोग त्रिशूली नदी पारिका विपद् प्रभावितलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नुवाकोटका दुई होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि सौर्य ऊर्जाबाट सञ्चालन हुने दुईवटा अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ। त्रिशूलीस्थित भैरम माध्यमिक विद्यालयमा जडान गरिएको प्लान्टबाट ३ सय परिवार र विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको प्लान्टबाट २ सय परिवार लाभान्वित हुनेछन्।

प्रत्येक प्लान्टले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने कम्पनीले जनाएको छ। आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै विद्यालय पुनः सञ्चालन भएपछि विद्यार्थीलाई समेत यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ।

म्याक्सस नेपालले करिब ४ सय जनालाई पुग्ने अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरेको छ। राहतमा डसना, सिरानी, तन्ना, औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने भाँडाकुँडा तथा महिला, पुरुष र बालबालिकाका लागि कपडा वितरण गरिएको छ।

राहत वितरणमा हिमालय अर्गनाइजेसनका अध्यक्ष तथा पोखरेली अटो व्यवसायी ध्रुव थापा र प्रबन्ध निर्देशक मिलन थापाको सहभागिता थियो। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा लगायत पदाधिकारी पनि राहत वितरणमा सहभागी थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

सम्बन्धित

‘एलपी ग्यास अझै सस्तो छ, निगमलाई प्रतिसिलिण्डर ४ सय घाटा’

फिनेले भोटेकोसी बाढीपीडितका लागि २० लाख सहयोग गर्‍यो

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

निर्जीवन बिमा व्यवसाय २३ प्रतिशत बढ्यो, भोटेकोसी बाढीले थप्यो २५ अर्बको जोखिम

भोटेकोसी बाढीको क्षति २.५६ अर्ब डलर, २० हजार घर पुनर्निर्माण गर्नुपर्ने

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu