ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रीसमा ‘एयर शो’का क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : ४५   बजे

काठमाडौं । ग्रीसमा शनिबार एयर शोका क्रममा ठूलो दुर्घटना भएको छ । एथेन्सबाट करिब ६० किलोमिटर उत्तरमा रहेको तानाग्रा एयर फोर्स बेसमा ग्रीक वायुसेनाको फान्टोम एफ–४ जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुवै पाइलटको मृत्यु भएको छ ।

दुर्घटनामा परेको दुई सिटे फान्टोम एफ–४ जेट एयर शोका क्रममा कम उचाइमा कठिन हवाई कलाबाजी प्रदर्शन गर्ने क्रममा नियन्त्रण गुमाएर जमिनमा ठोक्किएको बताइएको छ ।

विमान जमिनमा ठोक्किनेबित्तिकै ठूलो विस्फोट भएको थियो । त्यसपछि विमान टुक्राटुक्रा हुँदै घटनास्थलमा भीषण आगलागी भएको थियो । दुर्घटनापछि आकाशमा कालो धुवाँको ठूलो मुस्लो देखिएको थियो ।

दुर्घटनापछि लागेको आगोका कारण प्रारम्भिक उद्धार तथा खोजी कार्य कठिन बनेको थियो । ८५ जना अग्निनियन्त्रक, ११ वटा पानी छर्कने विमान तथा हेलिकोप्टरको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । त्यसपछि दुवै पाइलटको शव बरामद गरिएको बताइएको छ । दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

दुर्घटना हुँदा एयर बेसमा एयर शो हेर्न हजारौँ दर्शक उपस्थित थिए । तर, विमान दुर्घटनाग्रस्त भएको स्थान दर्शकहरू बसेको क्षेत्रबाट केही दूरीमा रहेकाले कुनै पनि दर्शक घाइते नभएको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

नेपाल–तिब्बत सीमाक्षेत्रको बाढीमा २७५ भारतीय अझै बेपत्ता

होर्मुजमा अमेरिका–इरान तनाव चर्कियो, तेल ट्यांकरलाई निशाना

रुस–युक्रेन युद्ध रोक्न ट्रम्पको पहल तीव्र, पुटिनसँग मस्कोमा तीन घण्टा वार्ता

‘मैले कतारमाथि आक्रमण गरेँ, बमबारी पनि गरेँ’ : नेतान्याहू

किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्यांकरमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu