ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्ध रोक्न ट्रम्पको पहल तीव्र, पुटिनसँग मस्कोमा तीन घण्टा वार्ता


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : १५   बजे

काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले कूटनीतिक पहललाई पुनः तीव्र बनाएको छ।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

क्रेमलिनले सार्वजनिक गरेको फुटेजमा विटकफ र कुसनरले पुटिनलाई अभिवादन गरेको देखिन्छ। भेटका क्रममा पुटिनले वर्तमान परिस्थिति जटिल रहेको उल्लेख गर्दै रुसले युद्ध र पछिल्लो अवस्थाबारे आफ्नो धारणा अमेरिकी प्रतिनिधिमण्डललाई स्पष्ट पार्ने बताएका छन्।

‘वर्तमान अवस्था त्यति सरल छैन। रुसले परिस्थितिलाई कसरी हेर्छ भनेर व्याख्या गर्नेछ,’ पुटिनले भने।

तीन दिन आक्रमण रोक्ने सहमतिका लागि धन्यवाद

वार्ताका क्रममा विटकफले रुस र युक्रेनबीच तीन दिनका लागि एकअर्काको राजधानीमा आक्रमण रोक्ने सहमति बनेको विषयमा पुटिनलाई धन्यवाद दिएका छन्।

यसलाई युद्ध अन्त्यका लागि थप वार्ताको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

बीबीसीका अनुसार अमेरिकी प्रतिनिधिहरू आइतबार थप वार्ताका लागि युक्रेनको राजधानी किभ जाने तयारीमा छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शुक्रबार विटकफ र कुसनरले युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर अघि बढिरहेको बताएका थिए।

पुटिन : ‘यस्ता सम्पर्क सधैँ उपयोगी हुन्छन्’

मस्कोस्थित क्रेमलिनमा भएको वार्ताका क्रममा पुटिनले अमेरिकी प्रतिनिधिसँगको सम्पर्कलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन्।

‘यस्ता सम्पर्क सधैँ उपयोगी हुन्छन्, परिस्थिति जस्तोसुकै भए पनि,’ पुटिनले भने।

उनले युद्ध अन्त्य तथा शान्ति स्थापनाका लागि प्रयास गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत दिएका छन्।

पुटिनले विटकफ र कुसनरसँग काम गर्न आफूहरूलाई सहज रहेको बताएका छन्।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मस्कोको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा करिब तीन घण्टासम्म बन्द ढोकाभित्र वार्ता भएको थियो।

जेलेन्स्की पनि वार्ताका लागि तयार

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी प्रतिनिधिहरूसँग सम्पर्क भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिका प्रतिनिधिहरूसँग आफूले कुराकानी गरेको र उनीहरूले रुसी पक्षसँग वार्ता अघि बढाएको जानकारी दिएका छन्।

उनले वार्ता प्रक्रियामा संलग्न सहरहरूमा हवाई आक्रमण रोक्न युक्रेन तयार रहेको संकेतसमेत दिएका छन्।

शान्ति प्रयास फेरि निर्णायक मोडमा ?

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले यसअघि पनि विभिन्न चरणमा कूटनीतिक प्रयास गर्दै आएका छन्। तर अहिलेसम्म स्थायी शान्ति सम्झौतामा पुग्न ती प्रयास सफल हुन सकेका छैनन्।

मस्कोमा पुटिनसँग भएको लामो वार्ता र त्यसपछि अमेरिकी प्रतिनिधिहरू किभ जाने तयारीले भने शान्ति प्रयासलाई नयाँ चरणमा प्रवेश गराउने संकेत गरेको छ।

तर युद्धविरामलाई स्थायी राजनीतिक सम्झौतामा परिणत गर्नु अझै जटिल चुनौतीका रूपमा रहेको छ।

अहिलेको कूटनीतिक गतिविधिको मुख्य प्रश्न यही हो—मस्को र किभबीचको युद्धविरामको प्रयास स्थायी शान्ति वार्तातर्फ अघि बढ्छ कि फेरि अर्को असफल प्रयासमै सीमित हुन्छ ?

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

नेपाल–तिब्बत सीमाक्षेत्रको बाढीमा २७५ भारतीय अझै बेपत्ता

होर्मुजमा अमेरिका–इरान तनाव चर्कियो, तेल ट्यांकरलाई निशाना

‘मैले कतारमाथि आक्रमण गरेँ, बमबारी पनि गरेँ’ : नेतान्याहू

ग्रीसमा ‘एयर शो’का क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु

किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्यांकरमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu