नुवाकोट । यही भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनर्स्थापित गर्न ‘एक्रो ब्रिज’ निर्माणको काम तीव्र बनाएको छ । देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको हो ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडाइ तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।
केही दिनमै पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्