ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनसँग ट्रम्पका दूतको ‘ठोस योजना’बारे छलफल


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १२ : ५५   बजे

किएभ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजना’बारे छलफल गर्नुभएको छ।

मस्कोमा शनिबार तीन घण्टाभन्दा लामो समय भएको वार्तालाई क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले स्पष्ट र रचनात्मक बताउनुभएको छ। उहाँका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे विभिन्न प्रस्ताव अघि सारेको थियो। तर, वार्ताबाट तत्काल कुनै ठोस सहमति वा सफलता भने घोषणा गरिएको छैन।

पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभ पुग्नुभएको छ। उहाँहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्यका सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ। युद्ध सुरु भएयता विटकफ र कुशनरको यो पहिलो किएभ भ्रमण हो।

क्रेमलिनका अनुसार वार्ताका क्रममा पुटिनले रुसको सैन्य अवस्थाबारे आफ्नो धारणा राख्दै पूर्वी युक्रेनमा बाँकी भूभाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने सङ्केत दिनुभएको छ।

यता, युक्रेनले आफ्नो भूभाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान दोहोर्याउँदै आएको छ। रुसले पनि आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान कायम राखेको छ।

अमेरिकी दूतहरूको शान्ति वार्तालाई सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन्। तर, सीमित आक्रमणविरामकै बीच युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको युक्रेनी पक्षले जनाएको छ।

रुस र युक्रेनबीच मुख्य मतभेद कायमै रहेकाले तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था भने अझै स्पष्ट छैन। यद्यपि, अमेरिकी दूतहरूको किएभ भ्रमणलाई वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

नेपाल–तिब्बत सीमाक्षेत्रको बाढीमा २७५ भारतीय अझै बेपत्ता

होर्मुजमा अमेरिका–इरान तनाव चर्कियो, तेल ट्यांकरलाई निशाना

रुस–युक्रेन युद्ध रोक्न ट्रम्पको पहल तीव्र, पुटिनसँग मस्कोमा तीन घण्टा वार्ता

‘मैले कतारमाथि आक्रमण गरेँ, बमबारी पनि गरेँ’ : नेतान्याहू

ग्रीसमा ‘एयर शो’का क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु

किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu