ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगका दुई मुख्य नाका बन्द, आयातको लागत र समय दुवै बढ्यो


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं, २१ भदौ । चीनबाट नेपालमा हुने आयातका दुई प्रमुख नाका रसुवागढी र तातोपानी बन्द भएपछि चिनियाँ सामानको आपूर्ति प्रभावित भएको छ। वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका प्रयोग गर्नुपर्दा आयातमा समय र ढुवानी लागत दुवै बढेको छ।

नेपालको कुल आयातमा चीनको हिस्सा करिब २०.२८ प्रतिशत छ। आर्थिक वर्ष २०८२/८३ मा चीनबाट मात्रै चार खर्ब २५ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो।

भदौ १० गतेको बाढीले रसुवागढी नाकाको भौतिक संरचना र सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएपछि नाका ठप्प छ। यस्तै, भदौ १४ देखि तातोपानी नाका पनि अस्थायी रूपमा बन्द छ।

दुवै नाका बन्द भएपछि चीनबाट आउने सामानका लागि अहिले कोरला नाका वैकल्पिक मार्ग बनेको छ। व्यवसायी तथा भन्सार अधिकारीका अनुसार कोरला हुँदै काठमाडौंसम्म सामान ल्याउँदा सामान्य अवस्थामा भन्दा ७ देखि १० दिन बढी समय लागिरहेको छ।

ढुवानी खर्चसमेत झन्डै दोब्बर भएको छ। रसुवागढी हुँदै काठमाडौंसम्म करिब दुई लाख रुपैयाँमा हुने ढुवानी अहिले कोरला हुँदै गर्दा करिब चार लाख रुपैयाँ पुगेको व्यवसायी तथा भन्सारका अधिकारीहरूले बताएका छन्।

तातोपानी भन्सार प्रमुख कमलकुमार भट्टराईका अनुसार नेपालतर्फको सडक अस्थायी रूपमा मर्मत भए पनि भदौ १२ पछि चीनबाट सामान आएको छैन। नाका लामो समय बन्द रहे वार्षिक करिब साढे १४ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व प्रभावित हुनसक्ने उनको भनाइ छ।

नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले रसुवागढी नाका पूर्ववत् सञ्चालनमा आउन कम्तीमा दुईदेखि तीन महिना लाग्नसक्ने बताएका छन्। कोरला नाका सुविधासम्पन्न भए पनि नेपालतर्फ ढुवानी महँगो हुनु र ट्रक व्यवस्थापनमा समस्या देखिनु चुनौती रहेको उनको भनाइ छ।

भन्सारका अनुसार कोरला हुँदै सामान ल्याउँदा केरुङबाट कोरलासम्म मात्रै पाँचदेखि छ घण्टा थप समय लाग्ने गरेको छ। चाडपर्वका लागि लत्ताकपडा, विद्युतीय सामग्री, जुत्ता तथा अन्य उपभोग्य सामान आयात हुने मुख्य समयमै नाका बन्द भएकाले यसको असर बजार मूल्यमा पर्नसक्ने अधिकारीहरूको आकलन छ।

समुद्री मार्गबाट सिंगापुर हुँदै कोलकाता बन्दरगाह प्रयोग गर्न सकिने भए पनि त्यसबाट सामान ल्याउन ३५ देखि ४५ दिनसम्म लाग्ने भएकाले दशैँ–तिहारको बजारका लागि यो तत्कालको प्रभावकारी विकल्प बन्न कठिन देखिएको छ।

कोरला हुँदै बीवाईडीसहितका विद्युतीय गाडी आयात

नाका बन्द भएपछि केही व्यवसायीले कोरला हुँदै सवारीसाधनसमेत आयात गर्न थालेका छन्। सांग्रिला मोटर्सले नयाँ विद्युतीय गाडी ‘लीपमोटर बी१०’ कोरला नाका हुँदै नेपाल ल्याएको जनाएको छ।

कम्पनीका मार्केटिङ अफिसर रितेश शाक्यका अनुसार रसुवागढी नाका अवरुद्ध भएपछि ग्राहकलाई गाडी हस्तान्तरणमा ढिलाइ नहोस् भनेर रुट परिवर्तन गरिएको हो। कोरला हुँदै गाडी ल्याउँदा रसुवाको तुलनामा करिब ७ देखि १० दिन बढी समय लाग्ने भए पनि ग्राहकलाई समयमै गाडी उपलब्ध गराउने प्रयास भइरहेको उनले बताएका छन्।

चीनबाट सबैभन्दा धेरै विद्युतीय उपकरण र मेसिनरी आयात

चीनबाट नेपालमा हुने आयातमा विद्युतीय उपकरण तथा पार्टपूर्जा सबैभन्दा अगाडि छन्। आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय मेसिनरी, टेलिभिजन, साउन्ड रेकर्डरलगायत सामग्रीमा मात्रै ८१ अर्ब ८४ करोड ९० लाख रुपैयाँ बराबरको आयात भएको थियो।

औद्योगिक तथा मेकानिकल मेसिनरीतर्फ ५२ अर्ब ४३ करोड २५ लाख रुपैयाँ, सवारीसाधन तथा पार्टपूर्जामा ३९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ र रासायनिक मलमा ३० अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको आयात भएको छ।

यस्तै, तयारी पोसाकमा २० अर्ब एक करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। फलफूल तथा बदाम, फलाम तथा स्टिल, प्लास्टिक, बुनेका कपडा र वनस्पतिजन्य बोसो तथा तेल पनि चीनबाट ठूलो परिमाणमा आयात हुने वस्तुमा पर्छन्।

आर्थिक वर्ष २०८२/८३ मा चीनबाट नेपालको आयात अघिल्लो वर्षको तुलनामा २४.६७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। तर, अहिलेका दुई मुख्य उत्तरी नाका बन्द हुँदा चीनसँगको बढ्दो व्यापारमा अवरोध मात्र आएको छैन, यसको अतिरिक्त लागत अन्ततः उपभोक्ताको बजार मूल्यमा समेत प्रतिबिम्बित हुने जोखिम बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

भोटेकोसी बाढीको असर सेयर बजारमा : चार जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाए १७ अर्बभन्दा बढी

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि मतदान जारी

सुनको भाउमा फेरि गिरावट, तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

महाविपत्तिमा नेपाली मन : सहयोगको यो भावना जोगाऔँ

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा

फालिएका टायरबाट इन्धन : फोहोरलाई उद्योगमा बदल्दै रुपन्देहीका उद्योगी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu