ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण सकेर नेपाल फर्के परराष्ट्रमन्त्री ज्ञवाली, को को सगं भेटवार्ता गरे चीनमा ?


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   १ : ११   बजे

काठमाडौं, ८ वैशाख । छिमेकी मुलुक चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रि प्रदीप ज्ञावली नेपाल फर्केका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन गएका थिए । साताव्यापी चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे ।
नेपालमा नयाँ सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए ।

भ्रमणका क्रममा आफुले अप्रिल १८ तारिखकै दिन विहान  श्री वाङ यीसंग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय  वार्तामा हामी दुवै पक्ष नेपाल‒चीन सम्वन्धलाई थप नयां उचाइमा पुर्याउन सहम तभएको उनले बताए । सन् २०१६ मा सम्पन्न प्रधानमन्त्री  के.पी. शर्मा ओली र सन् २०१७ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को चीनभ्रमणको अवसरमा भएका संझौताहरु लगायत दुई देशवीच विगतमा भएका सवै संझौता तथा समझदारीहरुको शीघ्र कार्यान्वयन गर्न सहमत भएको  र  हामी दुवै पक्षले सम्पर्क सञ्जाल (Connectivity) र साझा संवृद्धिको लागि वन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत र सञ्चार क्षेत्रहरु समेट्ने गरी दीर्घकालीनरुपमा हिमालय वारपार वहुआयामिक यातायात सञ्जाल (Trans-Himalayan Multidimensional Transport Network) विकास गर्ने विषयमा समान धारणा बनेको उनले बताए ।

त्यसैगरी, बी.आर.आई. अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन तथा जनस्तरको सम्वन्ध विकासमा अझ धेरै द्विपक्षीय सम्वन्ध वढाउन र सो अन्तर्गत सहयोग परियोजना पहिचान गरी समयतालिका बनार्इ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको बताए ।

केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए । उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

सम्बन्धित

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

बागमती सरकारमा राप्रपाको भूमिकाबारे मकवानपुरका पदाधिकारीकै असन्तुष्टि

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

चितवनमा एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पुष्टि

गोरखामा चट्याङ लागेर ३५ वर्षीय युवकको मृत्यु

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu