ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिने बताएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्र फारसको खाडीका अन्य भूभागसम्म विस्तार गरिनेछ ।

रेजाईका अनुसार नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट सुरु भएर पर्सियन खाडीका अन्य क्षेत्रसम्म फैलिनेछ ।

इरानले तोकेको उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जुनसुकै विदेशी जहाज वा पोतलाई इरानको आधिकारिक प्रतिबन्ध सूचीमा राखिने चेतावनी पनि दिइएको छ ।

यसैबीच, ओमानसँगको सहकार्यमा इरानले व्यवस्थापन गर्ने नयाँ अन्तर्राष्ट्रिय जलमार्गको खाका तयार पारिएको रेजाईले बताएका छन् । उनका अनुसार होर्मुज जलमार्ग हुँदै हुने जहाजको आवागमनलाई व्यवस्थित गर्न इरान र ओमानबीच तय गरिएको नयाँ जलमार्गको नक्सामा दुवै देशले आगामी केही दिनभित्र औपचारिक रूपमा हस्ताक्षर गर्नेछन् ।

खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड तथा तेल ट्यांकरमाथिका आक्रमण तीव्र भइरहेका बेला इरान र ओमानबीच भएको नयाँ जलमार्गसम्बन्धी सहमति भएको हो । इरानले घोषणा गर्न लागेको प्रतिबन्धित क्षेत्रलाई रणनीतिक रूपमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

सम्बन्धित

संयुक्त राष्ट्रसंघको ‘इक्वल अर्थ’ नक्सा प्रस्तावमा भारतको आपत्ति

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा पाँचजनाको मृत्यु

दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका

इरानको चेतावनी– अब हुने आक्रमणको जवाफ अझ तीव्र र पीडादायी हुनेछ

इन्डोनेसियामा अनाक क्राकाटोआ ज्वालामुखी विस्फोट, ३०१ उडान प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu