ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

पोखरा । आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुल निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत बजेट विनियोजन भएपछि पुल निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

सडक डिभिजन पोखराका इन्जिनियर पुजन श्रेष्ठका अनुसार फिर्के पुल अब बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिनेछ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्केमा निर्माणाधीन पुलका लागि अहिले लागत अनुमान तयार गर्ने काम भइरहेको छ ।

विनियोजित रकमबाट प्रारम्भिक काम अघि बढाइने भए पनि पुल निर्माण सम्पन्न गर्न आवश्यक कुल लागतबारे पुनः अध्ययन गरिनेछ । पुरानै डिजाइनमा पुल निर्माण गर्ने वा डिजाइन परिवर्तन गर्ने भन्ने विषयमा पनि सडक विभागसँग छलफल भइरहेको श्रेष्ठले बताए ।

वि.सं. २०७५ असोज ८ गते शान्ति आरोग्य जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । १७ करोड १० लाख १० हजार ९०० रुपैयाँको लागत अनुमानमा आह्वान गरिएको ठेक्का १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा कम्पनीले पाएको थियो । २०७७ चैत ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारले काम पूरा गर्न सकेन ।

ठेकेदार कम्पनीलाई २०७८ असोज २२ गते पहिलो, २०७९ असोज ६ गते दोस्रो र २०८० असार ३१ गते तेस्रोपटक म्याद थप गरिएको थियो । अन्तिम पटक २०८१ असार २७ गतेसम्म म्याद दिइए पनि काम सम्पन्न नभएपछि सडक डिभिजनले ठेक्का सम्झौता तोडेको थियो ।

ठेक्का तोडिएपछि बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च, त्रुटि सच्याउने लागत, संरचना संरक्षण तथा पुनर्निर्माणलगायतका खर्च ठेकेदारबाट असुल गर्ने प्रक्रिया पनि अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।

पुल निर्माण नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । फराकिलो सडकसँग जोडिएको साँघुरो पुलका कारण सवारीसाधन खस्ने जोखिम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुल क्षेत्रमा माटोको ढिस्को र कोण राखेर अस्थायी उपाय अपनाएको छ ।

सडक डिभिजन पोखराले फिर्केमा ‘स्पेस एक्स्ट्राडोज मोटरेबल ब्रिज’ निर्माण गर्ने योजना बनाएको छ । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र यो पुल नयाँ ठेक्कामार्फत अघि बढाउने तयारी गरिएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह

लाङटाङ लिरुङदेखि भोटेकोसीसम्म : एउटा चट्टान टुक्रिँदा कसरी बन्यो महाविपत्ति?

Australia Proposes ‘Opt Out’ Law for Social Media Algorithms

Myanmar’s New President Min Aung Hlaing Embarks on Diplomatic Tour

Election Year Enters Final Stretch as Trump Holds Wild Cards

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu