ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ९ : ०५   बजे

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि तनहुँ प्रहरीले आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बेपत्ता व्यक्तिका आफन्तलाई सम्पर्कमा आएर आवश्यक डीएनए नमूना दिन आग्रह गरिएको बताए। उनका अनुसार हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले पनि डीएनए नमूना उपलब्ध गराएका छैनन्।

बाढीपछि त्रिशूली नदीमा बगाएर ल्याएका शवमध्ये तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रबाट हालसम्म ३९ शव फेला परेका छन्। तीमध्ये २४ शव पहिचान तथा व्यवस्थापनका लागि पोखरा पठाइएको छ भने १५ शव व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, तनहुँ घर भएका ३३ जना बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन्।

बाँकी २४ जनाको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले काम गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

सम्बन्धित

सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी

बाढीपहिरोका कारण मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

‘७८ शवको मौन प्रतीक्षाबीच पोखरामा भोटेकोसीका मृतक सम्झिँदै दीप प्रज्वलन’

स्थायी राजधानी तोकिएको सात वर्षमा पनि बनेन कोसी प्रदेशका प्रशासनिक संरचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu