ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरबाट २०० ग्राम खैरो हेरोइनसहित नेपाली र भारतीय नागरिक पक्राउ


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ११ : ०५   बजे

काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाबाट नेपाली र भारतीय नागरिक गरी दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूलाई सोमबार बिहान जनकपुरधामबाट करिब २०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

भारतबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउन लागिएको सूचनाका आधारमा काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको टोली धनुषा पुगेको थियो । विशेष तयारीसहित धनुषा पुगेको टोलीले दुईजनालाई नियन्त्रणमा लिए पनि उनीहरूको साथबाट अपेक्षा गरिएअनुसार ठूलो परिमाणमा खैरो हेरोइन बरामद भने नभएको ब्युरो स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवैजनाको पहिचान प्रहरीले सार्वजनिक गरिसकेको छैन । उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरो स्रोतको दाबी छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भेलले बगाएका तिलकलाई भुमरीले बचायो

माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार माग्दै माइतीघरमा प्रदर्शन

सम्बन्धित

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

कांग्रेसमा सहमतिको प्रयास, क्रियाशील सदस्यता अद्यावधिक नगरेकाले पनि महाधिवेशनमा भाग लिन पाउने

बाढीको भेलमा ९२३ कैदीबन्दी, ५२ सुरक्षाकर्मी र एउटा असाधारण उद्धार

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu