ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ११ : ४५   बजे

वीरगन्ज । वीरगन्जस्थित एक क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब साढे १० बजे वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ।

अर्का डीएसपी राजु कार्कीका अनुसार गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित पक्राउ परेका सबैलाई हिरासतमा राखिएको छ। ‘थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगन्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि छन्।

त्यस्तै, प्रहरीले क्यासिनोका कर्मचारी वीरगन्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल उक्त क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगन्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

राधाकृष्ण रथयात्रामा उच्छृंखल गतिविधि गर्ने ९० जना पक्राउ

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu