ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राधाकृष्ण रथयात्रामा उच्छृंखल गतिविधि गर्ने ९० जना पक्राउ


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ३ : ५५   बजे

विराटनगर । विराटनगरमा शनिबार निकालिएको ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा उच्छृंखल तथा शङ्कास्पद गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ९० जनालाई नियन्त्रणमा लिएको छ।

रथयात्रामा सहभागी विशाल भीडको मौका छोपेर भक्तजनलाई दुःख दिने, पाकेटमारी गर्ने, बहुमूल्य गहना तथा सामान चोरी गर्ने र अन्य अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई वडा प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

भीड निगरानी गर्न ड्रोन

रथयात्रामा ठूलो संख्यामा भक्तजन सहभागी हुने भएकाले प्रहरीले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको थियो।

भीडको निगरानी तथा सम्भावित जोखिमको वस्तुस्थिति बुझ्न प्रहरीले ड्रोनमार्फत निगरानी गरेको थियो। रथयात्राको मार्ग तथा भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो।

सादा पोसाकमा पनि प्रहरी परिचालन

भीडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी तथा झैझगडाजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको थियो।

प्रहरीले रथयात्राका क्रममा शङ्कास्पद गतिविधि गर्ने तथा भक्तजनको सुरक्षामा असर पार्न सक्ने व्यक्तिमाथि निगरानी बढाएको थियो।

हरेक वर्ष विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा दर्शक सहभागी हुने भएकाले यसपटक पनि सम्भावित आपराधिक गतिविधि रोक्न सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu