ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ३५   बजे

काठमाडौं । दक्षिण अमेरिकी देश बोलिभियाको सैन्य ब्यारेकमा आतिशबाजीमा प्रयोग हुने पाइरोटेक्निक सामग्री विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

रोयटर्सका अनुसार राजधानी ला पाजबाट करिब ३० किलोमिटर टाढा भियाचा नगरपालिकास्थित सैन्य ब्यारेकमा शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको हो। उक्त ब्यारेकमा तोपखाना रेजिमेन्ट तैनाथ छ।

बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले घटनामा दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको बताएका छन्। रक्षा मन्त्रालयले भने १४ जना अझै बेपत्ता रहेको जनाएको छ।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार घाइतेको संख्या ६२ पुगेको छ। घाइतेमध्ये १४ जनालाई उपचारका लागि ला पाजका अस्पतालमा लगिएको छ। प्रहरीले भने ५० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।

विस्फोटका कारण आसपासका दर्जनौँ घरमा क्षति पुगेको छ भने अधिकांश घरका झ्याल फुटेका छन्। स्थानीय स्वास्थ्य निर्देशक रीता नेब्रास्काले घटनापछि अर्को विस्फोटको जोखिम रहेको भन्दै सैन्य अड्डाबाट कम्तीमा १५० मिटर टाढा रहन सर्वसाधारणलाई आग्रह गरेकी छन्।

प्रहरी प्रवक्ता रोजर रोकाका अनुसार ब्यारेकमा आतिशबाजीका सामग्री भण्डारण गरिएको थियो। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ।

यसैबीच भियाचाका अधिकारीहरूले घटनापछि तीन दिनको शोक घोषणा गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

सम्बन्धित

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण

नग्न तस्बिर–भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग ९ लाख ९५ हजार असुलेको आरोपमा युवक पक्राउ

संखुवासभामा विद्यालयमै शिक्षकको गोली हानी हत्या

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu