ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ११ : ५५   बजे

काठमाडौं । यही भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालमा जारी उद्धार, राहत तथा फोरेन्सिक पहिचान कार्यमा सहयोग गर्न सिंगापुर प्रहरीले ३५ सदस्यीय टोली परिचालन गरेको छ।

सिंगापुरबाट भदौ १७ गते नेपाल आएको टोलीले हवाई निगरानी, खोज तथा उद्धार र विपद्मा मृत्यु भएकाहरूको पहिचानमा नेपाली सुरक्षा तथा फोरेन्सिक टोलीलाई सहयोग गरिरहेको छ। विशेषगरी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) प्रक्रियामा टोलीले नेपाली पक्षसँग सहकार्य गरिरहेको छ।

टोलीमा औँठाछाप संकलन तथा फोटोग्राफीमा प्रशिक्षित प्रहरी अधिकारीका साथै होम टिम साइन्स एन्ड टेक्नोलोजी एजेन्सीअन्तर्गतको इन्टिग्रेटेड फोरेन्सिक सर्भिसका औँठाछाप परीक्षण विशेषज्ञ सहभागी छन्।

सिंगापुर प्रहरी टोलीका कमान्डर असिस्टेन्ट कमिस्नर अफ पुलिस प्याट्रिक टानका अनुसार अहिले टोलीले प्रभावित क्षेत्रको अवस्था बुझ्ने र आवश्यकताअनुसार सहयोग गर्ने काम गरिरहेको छ।

‘अहिले हाम्रो मुख्य ध्यान विपद्मा मृत्यु भएकाहरूको पहिचान गर्नु हो। साथै खोज तथा उद्धारमा सहयोग पुग्ने गरी नेपाल प्रहरीलाई ड्रोन सञ्चालनसम्बन्धी तालिम पनि दिइरहेका छौँ,’ उनले भनेका छन्।

नेपालमा सिंगापुर प्रहरीको डीभीआई टोलीको नेतृत्व गरिरहेका असिस्टेन्ट कमिस्नर अफ पुलिस यूजिन वाङले टोलीको उद्देश्य सिंगापुरका नागरिकको मात्रै पहिचान गर्नु नभई सबै पीडितको पहिचानमा सहयोग गर्नु रहेको बताएका छन्।

‘हामीले सिंगापुरका नागरिकलाई मात्रै लक्षित गरेर काम गर्न सक्दैनौँ। पीडितहरू विभिन्न देशका छन्। त्यसैले यो धेरै देशको सहकार्यमा हुने प्रयास हो। पीडितको पहिचानमा सामूहिक रूपमा सहयोग गरेर परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे जानकारी र राहत दिन हामी नेपाल आएका हौँ,’ उनले भने।

बाढीमा परी नौ जना सिंगापुरका नागरिक सम्पर्कविहीन छन्। पछिल्लो विवरणअनुसार बाढीमा परी कम्तीमा १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्।

कुहिएका र क्षतविक्षत शव पहिचानमा फोरेन्सिक टोली

सिंगापुर प्रहरीको टोलीमा हेल्थ साइन्सेस अथोरिटीका फोरेन्सिक प्याथोलोजिस्ट तथा फोरेन्सिक प्राविधिक अधिकारीसमेत छन्। उनीहरूले शवको पोस्टमार्टम, विवरण अभिलेखीकरण तथा फोरेन्सिक पहिचानका लागि नमुना संकलनमा नेपाली अधिकारीलाई सहयोग गरिरहेका छन्।

बाढीका कारण कतिपय शव कुहिएका, टुक्राटुक्रा भएका वा बाढीले निकै टाढा पुर्‍याएका अवस्थामा भेटिएकाले हेरेर मात्रै पहिचान गर्न कठिन हुने भएकाले फोरेन्सिक प्रविधिको भूमिका महत्वपूर्ण बनेको छ।

काठमाडौंका विभिन्न अस्पतालमा राखिएका शवबाट सिंगापुरको डीभीआई टोलीले नेपाल प्रहरी, फोरेन्सिक तथा स्वास्थ्य अधिकारीसँगको समन्वयमा औँठाछाप संकलन गरिरहेको छ।

त्यस्तै, सिंगापुरमा रहेको प्रहरी टोलीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट उनीहरू जीवित हुँदा गरिएका एक्स–रे, मेडिकल रेकर्ड तथा डीएनए नमुनालगायतका विवरण संकलन गरिरहेको छ।

सिंगापुर प्रहरीले संकलन गरेका विवरण नेपाललाई उपलब्ध गराउनेछ। नेपाली पक्षले ती विवरणलाई शवबाट संकलित नमुनासँग भिडाएर पहिचान प्रक्रिया अघि बढाउनेछ। इन्टरपोलको डीभीआई प्रोटोकलअनुसार विपद् भएको देशले नै डीएनए मिलानको प्रक्रिया अघि बढाउने व्यवस्था छ।

सिंगापुरसँगै भारत, चीन, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायतका देशले पनि नेपालमा विभिन्न प्रकारका सहयोगी टोली तथा सामग्री पठाएका छन्। तीमध्ये फोरेन्सिक पहिचान टोली, सुरुङ उद्धार विज्ञ, द्रुत उद्धार टोली तथा लजिस्टिक व्यवस्थापनमा दक्ष जनशक्ति छन्।

‘नेपालको बाढीमा शव पहिचान थप चुनौतीपूर्ण’

सिंगापुर प्रहरी टोलीका सदस्यले सन् २००४ मा थाइल्यान्डको फुकेटमा आएको सुनामीलगायत विभिन्न विपद्मा पीडितको पहिचानमा काम गरेको अनुभव भए पनि नेपालको बाढीले फरक प्रकृतिको चुनौती सिर्जना गरेको बताएका छन्।

द स्ट्रेट्स टाइम्सका अनुसार असिस्टेन्ट कमिस्नर यूजिन वाङले बाढीपछि लामो समय बितिसकेकाले कतिपय शव कुहिएको तथा गम्भीर रूपमा क्षतिग्रस्त हुन सक्ने बताएका छन्।

‘बाढीपछि यो समयसम्म आइपुग्दा सामान्यतया शवहरू कुहिसकेका हुन्छन्। कतिपय अवस्थामा शवमा गम्भीर क्षति भएको वा टुक्राटुक्रा भएको हुन सक्छ। यसले पहिचान र औँठाछाप संकलनमा थप चुनौती सिर्जना गर्छ,’ वाङले भनेका छन्।

यद्यपि चुनौतीका बाबजुद सिंगापुरको टोलीले हालसम्म महत्वपूर्ण विवरण संकलन गर्न सफल भइरहेको उनले बताएका छन्।

विदेश मन्त्रालयको टोली पनि नेपालमा

सिंगापुरको विदेश मन्त्रालयको संकट प्रतिकार्य टोली पनि बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेदेखि नै नेपालमा रहेको छ। उक्त टोलीले नेपाली अधिकारीसँगै प्रभावित क्षेत्रको भ्रमण गरी क्षतिको अवस्थाबारे जानकारी लिइरहेको छ।

सिंगापुर सरकारले नेपालका लागि ५ लाख ६० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। उक्त सहयोगमा अत्यावश्यक औषधि, राहत सामग्री तथा बाढीपीडितका लागि आवश्यक आपत्कालीन सामग्री समावेश छन्। सहायता केही दिनभित्र नेपाल आइपुग्ने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ

राधाकृष्ण रथयात्रामा उच्छृंखल गतिविधि गर्ने ९० जना पक्राउ

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु

महोत्तरीबाट २ करोड ४० लाखको १२ सय थान एप्पल एयरपड्स बरामद

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu