ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्टिफिकेट धितो राखेर ऋण पाउने कहिले ?


admin
९ बैशाख २०७५, आइतबार   ४ : २१   बजे

काठमाडौं, ९ वैशाख । राष्ट्रिय युवा परिषद्ले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कार्यक्रमको निर्देशिका तथा कार्यविधि बनाउने कामलाई तीव्र दिएको छ । सरकारले घोषणा गरेको २ वर्षपछि मात्र बल्ल कार्यविधि बनाउन थालिएको छ ।

स्नातकोत्तरसम्म पढेर पनि सानो काम खोज्दै विदेशिने युवाको संख्यालाई मध्यनजर गर्दै त्यसलाई रोक्न सरकारले आर्थिक वर्ष २०७३-७४ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर बिना व्याज ऋण दिने घोषणा गरेको थियो । सोही प्रमाणपत्र राखेर ऋण दिने कार्यक्रम सञ्चालको अनुमति पाएको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले बल्ल कार्यविधि बनाउन थालेको हो ।

प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम कार्यान्वयनको जिम्मेवारी पाएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल भन्नुहुन्छ, ‘अहिले हामी कार्यविधिको प्रारम्भिक ड्राफ्ट बनाउने चरणमा छौं, यो आर्थिक वर्षभित्र हामीले एउटा स्पष्ट विधि चयन गरिसक्छौं, आउँदो वर्षको बजेटमा यो कार्यक्रममा रकम छुटिन्छ भन्ने हाम्रो आशा छ’

कुन विषय पढेकाले प्रमाणपत्र राखेर ऋण पाउँनेछन् ?

ऋण तालिम प्रमाणपत्रको आधारमा र शैक्षिक प्रमाणपत्रको आधारमा गरी २ वटा आधारमा दिइनेछ । कार्यविधिको प्रारम्भिक मस्यौदामा प्राविधिक धारबाहेकका विषयमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई एकहप्ता जती सामान्य तालिम दिने र त्यसैका आधारमा प्रस्ताव लेख्न लगाएर विज्ञ समूहको अध्ययनपछि उत्कृष्ट प्रस्तावलाई स्वीकृत गर्दै ऋण सिफारिस गर्ने उल्लेख छ ।

‘ठूलो लगानी र धेरै समय लगाएर सरकारी क्याम्पसमा पढेका विद्यार्थीले पनि ऋण पाउनुपर्छ भनेर हामीले यो व्यवस्था गर्दैछौं, जुनसुकै विषयमा स्नातक वा स्नातकोत्तर गरेकाले ऋण पाउँनेछन् । युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले भन्नुभयो ।

यस्तै प्राविधिक विषय पढेका विद्यार्थीले पनि सिपका आधारमा ऋण पाउनेछन् । उनीहरुलाई प्रमाणपत्र राखेर ऋण लिन धेरै प्रक्रिया पूरा गर्नुपर्ने छैन । अनि बिभिन्न तालिम लिएर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीबाट सिप परीक्षण गराएर त्यै प्रमाणपत्रको आधारमा ऋण दिने तयारी परिषदको छ ।

यस विषयलाई लिएर परिषद्ले बैंकर्सहरुसंग पनि सहकार्य गर्ने योजना बनाएको छ । बिना व्याज दिइने ऋण फिर्ताको समय र फिर्ता नगरे के कारबाही गर्ने भन्ने विषयको बारेमा विज्ञसँग छलफल चलिरहेको बताउदै उपाध्यक्ष ढुंगेलले भन्नुभयो, ‘जेठभरीमा हामीले सरकारमार्फत अर्थमन्त्रीको सहभागितमा बैंकहरुसँग सल्लाह गरेर एकखालको सहमति गर्ने प्रयास गरिरहेका छौं, जेठ १५ गते आउने बजेटमा यो कार्यक्रमलाई भनेर कति पैसा आउँछ, त्यसैलाई आधार बनाएर हामीले बैंकसँग कुरा गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group